arrow

मेस्सीका लागि अन्य खेलाडी बेच्दै बार्सिलोना

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
lionel-messi-barcelona-manchester-city-champions-league_bc8iadzn6bn91202g8sr51u7g.jpeg
एजेन्सी । स्पेनिस क्लब बार्सिलोना यो'समर ट्रान्सफर'मा आफ्नो पहिलो रोजाईको टिमका केही खेलाडीलाई बेच्ने तयारीमा छ । स्पेनिस मिडियाका अनुशार बार्सिलोनाले आफ्नो क्लबका सुपर स्टार लियोनल मेस्सीसँगको अनुबन्धन थप गर्न ठूलो रकमको प्रस्ताव गर्न लागेको र त्यसका लागि  आवश्यक रकमको व्यवस्थापन गर्न इभान राकिटिच र अर्डा तुरानल‌ाई बेच्ने तरखरमा लागेको हाे ।
 
बार्सिलोनाबाट आक्रमक मिल्डफिल्डमा खेल्ने गरेका तुरान टोलीको पहिलो रोजाईमा पर्न सकेका छैनन् । मेस्सी, सुअारेज तथा नेमारको 'ट्रायो लाईन अप' तोड्न नसकेपछि उनी अधिकांश समय बेन्चमा रहने गरेका छन् । तुरान 'एम एस एन' मध्ये कुनै एकको अनुपस्थितिमा मात्र टोलीमा पर्दै अाएका छन् ।  पाएकाे मौका खासै सदुपयाेग गर्न नसकेपछि उनले यो सिजन बार्सिलोना छोड्ने निश्चितप्राय: भएकाे छ ।  बार्सिलोना तुरानलाई राम्रो रकमको प्रस्ताब आइरहेको चिनियाँ सुपर लिगमा बेच्ने प्रयासमा रहेको छ।
 
यता बार्सिलोनाका अर्का मिल्डफिल्डर इभान राकिटिच यो सिजन प्रिमियर लिगमा जाने सम्भावना उतिकै छ। म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवला गत सिजनको अन्त्यमा घाइते भएका मिल्डफिल्डर गेन्डोगेनको प्रतिस्थापनको उपयुक्त विकल्पको रुपमा राकिटिचलाई सिटी भित्र्याउन आतुर छन् । बार्सिलोना कम्तिमा ५ करोड ३० लाख अमेरिकी डलर पाए यी दुई खेलाडी बेच्ने पक्षमा रहेकाे रिपोर्टमा उल्लेख गरिएकोछ।
बार्सिलोनाका लागि उत्कृष्ठ प्रदर्शन गर्दै आएका अर्जेन्टाइन स्टार लियोनल मेस्सीसँगको सम्झौता सन् २०१८ को सुरुवातमा सकिदै छ । सम्झौता नविकरण गर्न नसकेकोमा चिन्तित रहेको बार्सिलोना हर हालतमा मेस्सीसँगको अनुबन्धन लम्ब्याउने प्रयासमा छ । मेस्सीका लागि विश्वका अन्य क्लबबाट ठूलो रकमको प्रस्ताव आए पनि मेस्सी भने बार्सिलोनामै रहने मनस्थितिमा रहेकाले बार्सिलोना उनलाई अाकर्षक रकमकाे प्रस्ताव साथ सम्झौता नविकरण गर्ने दाउमा रहेको  छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ