arrow

प्रबिधि क्षेत्रको ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७" को तयारी तिब्र

माघ १३ गते देखि हुने मेलामा अनलाइन टिकटमा छुट दिइने

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
canss.jpeg
काठमाडौं । सूचना र प्रबिधिको प्रबर्धन गर्ने उदेश्यले सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७" आगामी माघ १३ गते देखि १८ गतेसम्म काठमाडौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना हुने क्यान ईन्फोटेक मेलाको तयारी तिव्र भएको क्यान महासंघले जनाएको छ । सूचना प्रविधि क्षेत्रको सबै भन्दा ठुलो मेलामा सूचना प्रबिधि क्षेत्रका नविनतम बस्तु तथा सेवाहरु राखिने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । सो मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने क्यान महासंघका अध्यक्ष बिनोद ढकालले पत्रकारहरुलाई जानकारी दिए  ।  
 
त्यस्तै क्यान आई.सी.टी कन्फेरेन्स माघ १६ र १७ सोल्टी क्राउन प्लाजामा हुने क्यान महासंघका महासचिव  विश्व राम बलामीले बताए ।   उनका अनुसार -  इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी फर सस्टनेवल डेभ्लोमेन्ट , स्मार्ट सिटी/ भिलेज/ कम्युनिटि, स्मार्ट एग्रिकल्चर, स्मार्ट एजुकेशन, स्मार्ट हेल्थ विषय वस्तुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश गर्ने बताए । 
 
ईन्फोटेकमा अवलोकन शुल्क वापत साधारणहरुलाई प्रवेश शुल्क सय र विद्यार्थीहरुलाई  ५० रुपैया तोकिएको छ । माघ १६ गते आईतबारको दिनलाई  भने विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि सय रुपैया लाग्नेछ । इन्फोटेकमा सरकारी विद्यालयहरुबाट लिखित अनुरोध आए  विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीनेछ । 
 
यस बर्षको मेलामा मोबाइल फोन, ल्यापटप, ईन्टरनेटमा बिभिन्न कम्पनिले छुट दिइने बताएका छन् ।  अवलोकनकर्ताले एकै ठाँउमा सूचना प्रबिधिका पछिल्ला संस्करणहरु पाउने हुनाले यस क्षेत्रमा चासो राख्ने सबैका लागि यो मेला बिषेश हुने आयोजकले बताए ।   
 
यस बर्ष क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु र एशोसिएट प्रायोजक सामसुङ रहेका छन् । त्यस्तै प्लाटिनम स्पोन्सर–मर्कन्टाईल, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरु– हुवावे र ओप्पो मोबाईल, सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, एम.आई. स्मार्ट फोन र लेनोभो रहेका छन् ।
 
अफिसियलहरुमा वेव न्युज– हाम्राकुरा डटकम, बैंक– सन्राइज बैंक, टेलिभिजन– माउन्टेन टेलिभिजन, ईन्स्योरेन्स– प्रुडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, एफ.एम.–नेपाल एफ. एम., अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, नेपाली आईटी म्यागेजिन– लिभिङ्ग वीथ आई.सी.टी., सि.सि.टि.भि.– ग्याजेड्स एण्ड गिजमोस ट्रेडर्स,  एस.एम.एस.मा– स्प्यारो एस.एम.एस. र क्रियटिभ– विटी प्रिन्टिङ्गस् रहेका छन् । 
 
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हाल सम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा अधिकांश स्टलहरु बुकिङ्ग भई सकेको क्यान महासंघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ