arrow

सलमानले पाए सफाइ

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
salman-khan.jpeg
एजेन्सी । कालो हरिण शिकारको आरोप लागेका बलिउड अभिनेता सलमान खानले सफाइ पाएका छन् । १८ बर्ष देखि अदालतमा विचाराधीन मुद्दामा खानले सफाइ पाएका हुन् ।  उनलाई मंगलबार जोधापुर अदालतले सफाइ दिएको हो । सरकारी वकीलका अनुसार उनलाई चेतावनी दिएर छाडिएको छ । 
 
बलिउडका  सुल्तान सलमान खान मंगलवार  बहिनि अलवीरा खानसंग जोधपुर पुगेका थिए  । अदालतमा भने उनि अदालत सुरु भएपछि मात्र उपस्थित भए । सफाइ पाएसँगै सलमानले आफ्ना शुभचिन्तकलाई ट्विटरमार्फत धन्यवाद दिएका छन् ।  
 
सलमानलाई अवैध हथियार रखेको र हरिणको शिकार गरेको आरोप लगाइएको थियो । मुख्य न्यायाधीश दलपतसिंह राजपुरोहितले अभियोग र  बचाव पक्ष दुवैलाई अंतिम बहसका लागि मंगलबार बोलाएका थिए  । सलमान चार्टर प्लेनबाट जोधपुर पुगेका हुन् । 
 
सलमान खान माथि अक्टूबर १ १९९८ मा कान्काणी गाउमा दुई कालो हिरणको शिकार गरेको आरोप लगाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ