arrow

कालो हरिण प्रकरण : चार्टर विमानमा जोधपुर पुगे सलमान

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
salman-news-24.jpeg.jpeg
एजेन्सी ।  बलिउडका  सुल्तान सलमान खान मंगलवार  बहिनि अलवीरा खानसंग जोधपुर पुगेका छन् । मंगलवार  उनको भाग्यको फैसला हुनेछ । यदि अदालतले उनलाई गम्भीर अपराधि मानेमा सात बर्षको जेल सुनाइनेछ । साथै उनि अदालतबाटै जेल जानेछन् ।
 
साथै सजाय तीन बर्ष भन्दा कम भए उनिलाई जमानत लिन र तल्लो अदालतको निर्णय बिरुद्ध उच्च न्यायालमा अपील गर्ने अवसर दिइनेछ । साथै अदालतले उनलाई गुनेगार मान्दै चेतावनी दिएर छाड्न सक‍्नेछ ।
 
सलमानलाई अवैध हथियार रखेको र हरिणको शिकार गरेको आरोप लगाइएको छ । अदालतमा १८ बर्ष देखि विचाराधीन मुद्दा १८ जनवरीमा हुने निर्णयले निर्धारण गर्नेछ । फैसला सुन्नको लागि सलमान खान आफै अदालत पुग्नु पर्नेछ । मुख्य न्यायाधीश दलपतसिंह राजपुरोहितले गत  जनवरी ९  को अभियोग र  बचाव पक्ष दुवैलाई अंतिम बहस पूरा भएपछि १८  जनवरीलाई फैसलाको तारीख तय गरेका हुन् । जसकालागि सलमान चार्टर प्लेनबाट जोधपुर पसगेका हुन् । 
 
सलमान खान माथि अक्टूबर १ १९९८ मा कान्काणी गाउमा दुई कालो हरिणको शिकार गरेको आरोप लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ