arrow

जानौँ ग्रीन टि पिउनुका बेफाइदा

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
green-tea.jpeg
एजेन्सी । तपाईले सुन्नु भएको होला ग्रीन टि हाम्रो स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । तर के यो कुरा सत्य हो ? ग्रीन टि पिउनुमा फाइदा मात्र नभएर बेफाइदा पनि रहेको छ ।  हेरौ  ग्रीन टिसँग जोडिएका आवश्यक तथ्य । 
 
प्राय मानिसहरु ज्यादा ग्रीन टि  पिउनाले वजन कम हुन्छ भन्ने गर्दछन् तर ज्यादा ग्रीन टि पिउनाले टाउको दुख्ने, डायरिया हुने जस्ता समस्या देखा पर्दछन् । वजन घटाउन प्रतिदिन ३ कप ग्रीन टि नै  काफी हुन्छ । 
 
 ग्रीन टि पिउनुको सहि समय दिउसो हो । ग्रीन टि विहान खाली पेटमा पिउदा यसमा रहेको केफीनले एसिडिटी बढाउने गर्दछन् ।   निन्द्राको बिषयमा पनि  साधारण चिया पिउदा हुने असर बराबर नै ग्रिन टिले गर्ने गर्दछ ।  ग्रीन टीमा पाइने केफीनको कारणनै निन्द्रामा असर हुने हो । 
 
ग्रीन टि जति पुरानो भयो त्यति फाइदा गर्छ भन्ने चलन छ । तर ६ महिना भन्दा पुरानो ग्रीन टि नपिएकै राम्रो हुन्छ यसमा रहेको  एन्टीअक्सीडेन्टको पावर कम हुदै गएको हुन्छ । त्यस्तै  ग्रीन टि ज्यादा पिउदा साइड इफेक्ट्स हुन्छ ।  ज्यादा ग्रीन टि पिउनाले  हड्डि कमजोर हुन सक्छ र अनीमियाको समस्या बढ्न सक्छ ।  
 
गर्भावस्थामा ग्रीन टि पिउदा फाइदा भन्दा पनि बेफादा हुन सक्छ । ग्रीन टिमा हुने केफीन र टेनिनका कारण गर्भवती महिलालाई नोक्सान पुर्याउने हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ