arrow

यस्ता वकिल जो ४० वर्षदेखि संस्कृत भाषामा वकालत गर्दै आएका छन्

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ माघ २ आइतबार
Shyam-ji.jpeg
काठमाडौ । पछिल्लो समय संस्कृत भाषालाई मृतभाषाको रुपमा घोषणा गर्दैजाँदा विस्तारै संस्कृत भाषा लोप हुँदै गईरहेको छ । यसको अध्ययन गरेका विद्यार्थीहरु पनि आफूलाई संस्कृतको विद्यार्थी भन्न लजाउने प्रवृत्तिका कारण यसको अधोगति लाग्ने गरेको हो । तर यसका प्रयोगकर्ताहरु पूर्वीय र पश्चिमी मुलुकहरुमा समेट उल्लेख्य मात्रामा बृद्धि समेत भईरहेको छ । 
 
यावत पूर्वीय साहित्यको स्रोतको रुपमा रहेको संस्कृतलाई पूर्वीय साहित्यका प्रयोगकर्ताले लै अवमूल्यन गरेको तथ्इ रहेको बेला यस्ता संस्कृतका संरक्षकहरु समेत भेटिएको छ जसले पूर्वीय संस्कृतिलाई जोगाईरहेका छन् । संस्कृतका थोरै प्रयोगकर्ता रहेका छन् तर उनीहरु आफैंमा अत्यधिक एकाग्र र समर्पित भएर संस्कृतको संरक्षणमा लागि रहेका छन् । यसैको उदाहरण बनेका छन् भारत वाराणसीका अधिवक्ता आचार्य श्यामजी उपाध्याय । 
 
उपाध्याय सन् १९७६मा अध्ययन सकाएपछि सन् १९७८ देखि निरन्तर वकालती पेशामा छन् । उनी सकेसम्म अन्य भाषामा वकालत गर्दैगर्दैनन् । र अरुले मान्दैनमानेको खण्डमा मात्रै हिन्दी भाषामा वकालत गर्ने गरेका छन् । उनले वकालत गरिसकेपछि न्यायाधीसहरुले पनि आफूले जानेसम्म संस्कृतमा नै फैसला गर्ने गरेका छन् । तर, केहीले भने आफूले नजानेपछि हिन्दीमा फैसला गर्ने गरेका छन् । 
 
कसरी लागे संस्कृत तर्फ ?
उनी भन्छन् आफू आफ्नो बाबुबाट प्रभावित भएर यस तर्फ लागेको बताउँछन् । आफ्नो बाबुले सधैं कचहरीमा हिन्दी र अंग्रेजी भाषामा मात्रै वकालत हुनेगरेकोमा चिन्ता जाहेर गरेपछि आफू यस तर्फ लागेको बताउँछन् । 
 
सबैखाले न्यायलयीय कामहरु जस्तै, शपथपत्र, प्रार्थनापत्र, बाचा पत्र, वकालतनामा लगायतका पत्रहरु समेत उनले संस्कृतबाट नै बनाउने गरेका छन् । उनी आफू विपक्षीले पनि बुझ्नसक्नेगरी सरल भाषामा प्रस्तुत गर्ने भएकोले धेरैले संस्कृत भाषालाई पनि अस्वीकार गर्ने गरिएको छैन । 
 
उनले अहिजे झण्डै ५ दर्जन भन्दा बढी पुस्तकहरु संस्कृत भाषाबाटै प्रकाशित गरिसकेका छन् । उनले अझै दुईवटा पुस्तकहरु भारत रस्मी र उद्गिता प्रकाशित गर्ने तयारी गरिरहेका छन् । 
 
उनी अहिले संस्कृत अधिवक्ताका रुपमा बाराणसीभरी चिनिएको छ । भारतको मानव संसाधन विकास मन्त्रालयले संस्कृत भाषामा अभूतपूर्व योगदान पुर्याएको आधारमा सन् २००२ मा संस्कृतमित्रम् नामक पुरस्कार प्राप्त गरेको थियो । उनी संस्कृत भाषा निशुल्क रुपमा पढाउँदै आएका छन् । भारतीय सञ्चारमाध्यमहरुकाे सहयाेगमा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ