arrow

नेपालको हवाई सेवा : समय पावन्दी र विश्वसनीयता ठ्याक्कै विपरीत

सन्दर्भ आइकाओ डे : मैले भनेको कसैले टेरेकै छैनन् :-मन्त्री शाही

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
RNA-and-NA-aa.jpeg

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन दिवस (आइकाओ डे) नेपालमा पनि मनाइएको छ । यस पटक पनि औपचारिक मात्रै ।

नागरिक उड्डयन मन्त्री जीवन शाहीलाई पनि कुनै नौलो लागेन । शाहीले हाम्राकुरासँग भने, ‘मैले बिहानै भाषण गरे । पहिलेको तुलनामा नेपाल आइकाओको मापदण्ड पछ्याउँदै गएको छ । पहिले भन्दा अहिले सुधार भएको छ भनेर भने ।’

यद्यपि, मन्त्री शाहीले नेपालको हवाई क्षेत्रमा अझै पन्च्वालिटी र रिलाएविलिटीको बेमेल कायम रहेको स्वीकारे । उनले भने, ‘पन्च्वालिटी भए रिलाएविलिटी नहुने रिलाएविलिटी गराउन खोजिए पन्च्वालिटी नहुने । यो क्रम अहिले पनि छ ।’

समय पावन्दी र विश्वसनीयता दुवै संगसँगै लैजाने प्रयत्न जारी छ– मन्त्री शाहीले भने । आइकाओले ल्याएका सेफ्टी सम्बन्धि नयाँ मापदण्डहरु पनि नेपालले पालना गर्दै गएको समेत मन्त्री शाहीले हाम्राकुरालाई जानकारी दिए ।

यसअघि नागरिक उड्डयनमन्त्री रहेका आनन्दप्रसाद पोखरेलले भनेका थिए, अन्तर्राष्ट्रिय जगतले आशाको नजरले हेरेको र आमयात्रुको सुरक्षाको विषय महन्वपूर्ण छ । नेपाल आइकाओको सदस्य राष्ट्र र त्यसको स्टेक होल्डर भएको नाताले उसले ल्याउने हरेक मापदण्ड कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

नेपालको हवाई सेवालाई हाम्रो विशेषताको आधारमा दिगो भरपर्दो र विश्वासिलो बनाउँदै अन्तर्राष्ट्रिय विश्वास जित्ने वातावरण बनाउने प्रतिवद्धता यो महत्वपूर्ण दिनमा सार्वजनिक गर्छु ।’ हरेक वर्ष मन्त्रीहरुले यस्तै प्रतिवद्धता गर्दै आए । यद्यपि, वायु सेवाको कलसाइनबारे कसैले चासो राखेनन् । जसको वैधानिकताको खोजी हुन नसकेकोबारे बहस समेत भएको छैन ।

२०६२–०६३ को जनआन्दोलनले तत्कालिन शाही सत्ताको वहिर्गमनपछि राजा र राज संस्थासंग जोडिएका नामहरु विना अध्ययन लहडमै फेरिए । त्यसको सिकार वायु सेवा निगम पनि भयो । गणतन्त्रको वहाली भएको घोषणापछि रोयल नेपाल एयरलइन्सको ‘रोयल’ शब्द काट्ने काम भयो । अगाडिको अंग्रेजी ‘रोयल’ शब्द काटेर पछाडिको ‘एनए’ विकाउन थालियो । विमानमा एनए लेखियो, निगमको बोर्डमा एनए लेखियो ।

तर, त्यही एनएको काउन्टरमा अहिले पनि ‘आरए’ लेखिएको कसैले ख्याल गरेका छैनन् । थुप्रै पटक मन्त्री र प्रधानमन्त्रीले विमानस्थल सम्बन्धित संस्थाको छड्के निरीक्षण पनि गरे । कयौं पटक एनएकै विमान चढेर विदेश शयर गर्ने प्रधानमन्त्रीहरुको दिमागमा अझै आफ्नो मुलुकको राष्ट्रिय ध्वजावहाकको अन्तर्राष्ट्रिय कल साइन के हो भन्ने समेत घुसेको छैन ।

मन्त्री शाहीले आफु इन्टरनेशल सिभिल एभिएशन अर्गनाइजेशन आइकाओमा पुगे पछि मात्रै निगमको वैधानिक कलसाइन आरए नै रहेको र त्यसैमा अहिले विमान चलिरहेको थाहा पाएको सुनाए । आइकाओ डे को दिन समेत मन्त्री शाहीले त्यही कुरा सुनाए । उनले भने, ‘कलसाइन परिवर्तन गर्ने वा सच्याउनेबारे बोर्डमा कुरा राख्न भनि मैले भनिरहेको छु ।’ यो संवेदनशील विषय हो ।

प्रधानन्त्रीलाई भो त ? जवाफमा उनले भने, ‘मैले सुनाउन बाँकी कसैलाई राखेको छैन । नेपालमा सुन्ने र हुन्छ हुन्छ भन्ने को के कमि छ र ? ।’ यो विषयको गम्भीरता अझै बुझेका छैनन् । यदी कुनै कारण अन्र्तराष्ट्रिय आकाशमा नेपालको विमान दुर्घटना भयो भने, नेपालले ठूलो मूल्य चुकाउनु पर्छ । आइकाओले बारम्बार भनिरहेको छ । कलसाइन एउटा विमानमा लेखिएको छ अर्को । आइकाओको स्थापना दिवस मनाउदा पनि हामीले सुरक्षा र विश्वसनीयतालाई दृष्टीगत गर्ने हो, मन्त्री शाहीले भने, ‘हामी कहिले सम्म यसरी चल्ने ? ।’

सन् १९९४ देखि मनाउन थालिएको आइकाओ डे हवाई यात्राको सुरक्षा र सबैको पुहुँच विस्तार भन्ने आह्वानका साथ मनाउने गरिन्छ । आइकाओमा रहेका २ सय बढी सदस्य राष्ट्रमा नेपाल पनि पर्दछ । यद्यपि, नेपालको वायु सेवा अझै विस्तार हुने क्रममै छ । नेपालसँग एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल छ । भएका विमानस्थलहरुको स्तरोन्नती हुन सकेको छैन, भने विमान कम्पनीहरुले समेत भरपर्दो सेवा दिन सकेका छैनन् ।

यो पनि पढ्न् नछुटाउनुस्

‘राजा फालेको एक दशकपछि पनि ‘आरए’कै नाममा उड्दै राष्ट्रिय ध्वजावाहक’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ