arrow

जेसीबीको नयाँ शाखा सुर्खेतमा

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
jcbsakha.jpeg
काठमाडौं ।  नेपालको लागि जेसीबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सुर्खेतमा नयाँ ‘थ्रि एस’ शाखा सुरु गरेको छ । सो शाखबाट ग्राहकले सेल्स, सर्भिस र स्पेयर सुविधा पाउने कम्पनिले जनाएको छ । 
 
सुर्खेतको खजुरा चोकमा रहेको शाखाको उद्घाटन निर्माण व्यवसायी संघ, सुर्खेतका अध्यक्ष यमबहादुर बीसी र जेसीबी प्रोडक्ट सपोर्ट म्यानेजर बालकृषण बस्यालले संयुक्त रुपमा गरेका थिए । सुर्खेतमा शाखा विस्तारसँगै एमएडब्लु अर्थमुभर्सले देशभर ११ वटा स्थानबाट ‘थ्रि एस’ सुविधा दिनेछ । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ । 
 
जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत गर्ने , मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने  कारण मेसिनहरु नेाली माझ   लोकप्रिय रहेका  छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ