arrow

‘आइकाओ डे’कै दिन पाकिस्तानमा ४० यात्रु बोकेको विमान दुर्घटना

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
paki-MMAP-md.png

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन दिवस (आइकाओ डे)कै दिन पाकिस्तानमा राष्ट्रिय ध्वजावहाक विमान दुर्घटना भएको छ । कन्ट्राेल टावरका अनुसार विमान चित्रालदेखि इस्लामावादकाे लागि छुटेकाे थियाे ।

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स पीआइएको फ्लाइट पीके–६६१ पाकिस्तानको उत्तरी शहरमा दुर्घटना भएको बीबीसीले जनाएको छ । विमानमा ४० यात्रु रहेका त्यहाँको क्षेत्रीय प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

आइकाओ डे हरेक वर्ष डिसेम्बर ७ तारिखका दिन हवाई यात्राको सुरक्षा र सबैको पहुँच विस्तारको आह्वानका साथ मनाउने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ