arrow

प्रचण्डले भने–‘पञ्चेश्वर’को काम अघि बढाउन मोदीसँग सीधा कुरा राख्या छु’

‘महाकालीका नागरिक मख्ख’

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
dahal-gi-nya-a.jpeg

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले कञ्चनपुरको दोधारा चाँदनी पुगेर निर्माण प्रक्रिया सुरु हुन लागेको सुख्खा बन्दरगाह, महाकाली पुल र पञ्चेश्वर आयोजनाको निर्माणका लागि भारतीय प्रधानमन्त्रीसंग सीधा र प्रष्ट कुरा राखेको बताएका छन् ।

सुख्खा बन्दरगाह र महाकाली नदीको पुल निर्माणस्थलको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री दाहालले स्थानीयमाझ भने, ‘केही समय अघि म भारत भ्रमणमा जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीसँग सुख्खा बन्दगाहको निर्माण छिटो भन्दा छिटो गर्न सकारकारतर्फबाट हुने सबै सहयोग गर्न आग्रह गरेका थिए ।’ प्रधानमन्त्री दाहालले आफुले त्यसक्रममा महाकाली नदीको पुल निर्माण र पन्चेश्वर आयोजना अघि बढाउनेपारे सीधा कुरा गरेको समेत कञ्चनपुर वासीलाई सुनाए ।

अहिले सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढीसकेको छ, प्रधानमन्त्रीले अगाडि थपे, ‘यही आर्थिक वर्षमा डीपीआर सम्पन्न भई निर्माण कार्य सुरु हुन्छ ।’ सरकारको तर्फबाट म विश्वास दिलाउन चाहन्छु ,–यो निर्माणलाई रणनीतिक र ऐतिहासिक कामको रुपमा अघि बढाउने छु ।

प्रधानमन्त्री दाहालले नेपालको यति महत्वपूर्ण भूगोललाई राज्यले सिंगो नेपालसँग जोड्न अहिलेसम्म किन ध्यान दिएन होला,–मलाई चिन्ता लागिरहेको छ–समेत भने । अब चिन्ता नगर्नुस् महाकालीको पुल निर्माणको प्रक्रिया थालनी भइसकेको छ, प्रधानमन्त्री दाहालले भने, ‘तपाईहरुको दुःख, पीडा मैले महसुस गरेको छु ।

भूगोल पुल मार्फत सिंगो नेपाललाई जोड्ने, औद्योगिक क्षेत्र स्थापना गर्ने र कपडा स्टोबारे समेत प्रक्रिया अघि बढीसकेको छ ।’ तपाईहरुका समस्यामा मह्लम लगाउन पाए मेरो कार्यकाल सफल भएको मान्ने छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ