arrow

भारतीय राजदुत रे लाई तत्काल देश निकाला गर्नपर्छ : विजुक्छें

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
Narayanman-photo.jpg.jpeg
मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भारतीय राजदूत रन्जीत रेलाई जासुसीको आरोपमा तत्काल देश निकाला गर्नुपर्ने बताएका छन् । संवाद क्लब नेपालले बुधबार राजधानी गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले देशमा विखण्डन ल्याउने नियतका साथ भारतीय राजदूतले कूटनीतिक मर्यादा विपरीत गतिविधि गरिरहेको आरोप लागएका छन् ।
 
 नाकाबन्दीको समयमा भारतका लागि नेपाली राजदूत रहेका नेपाली कांग्रेस  नेता दीपकुमार उपाध्यायलाई तत्कालीन सरकारले असक्षम भनी फिर्ता बोलाएपछि फेरि सोही व्यक्तिलाई राजदूत बनाएर पठाउनु सरकारको नालायकीपन भन्दै उनले भारतमा राजदूत रहँदा नाकाबन्दी खुलाउन विशेष पहल गर्नको साटो चौकी छोडेर भागेको कमाण्डरझै जिम्मेवारी छोडेर भागेको आरोप लगाए ।
 
संविधान संशोधनको नाममा प्रचण्ड सरकारले भारतीय स्वार्थको पक्षपोषण गरिरहेको भन्दै विजुक्छेंले अहिले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग्याएर अन्ततः मधेसवादी नेताबाट तराई एउटा छुट्टै राज्यको माग गर्न लगाएर आन्दोलन चर्काउने र नेपालबाट तराईलाई अलग्याई भारतमा विलय गराउने रणनीति अनुरुप संविधान संशोधनको प्रस्ताव आएको उनको भनाइ छ ।
 
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष विजुक्छेंले कुनै पनि जाति, भाषा, धर्म, क्षेत्रको आधारमा राजनीतिक दल खोल्न नपाउने गरी संविधानमा नै प्रतिबन्धको व्यवस्था गरिनुपर्ने बताए । यसैगरी सक्षम र योग्य व्यक्तिलाई उचित पद र अवसर प्रदान गर्नुपर्ने उनको भनाइ छ । 
 
एक अर्को प्रसंङगमा अध्यक्ष विजुक्छेंले माओवादको मुखुण्डो लगाएर प्रचण्डले माओ विचारधाराको खिल्ली उडाएको आरोप लगाए । कांग्रेस  सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै, उनले देउवाले भारतीय इसारामा आफू बदनामीबाट बच्न प्रचण्डलाई प्रधानमन्त्री बनाएर प्रयोग गरेको आरोप लगाए । यही समयमा राप्रपा र राप्रपा नेपालबिच एकीकरण हुनु संयोग मात्र हुन नसक्ने भन्दै यसमा पनि भारतको हात रहेको हुन सक्ने शंका व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ