arrow

च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनल समीकरणलाई आठ भिडन्त

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
who-will-win-the-champions-league.jpeg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलको समीकरण बुधबार राति पूरा हुँदैछ । समूह ई, एफ्, जी र एच् का आठ खेल राति १ः३० बजे भएसंगै प्रिक्वार्टरफाइनल समीकरण पूरा हुनेछ ।

समूह ई को खेलमा जर्मनीको क्लव बायर लिभरकुजेन र फ्रान्सको क्लव मोनाको तथा इङल्याण्डको क्लव टोटनह्याम हट्सपर र रुसी क्लव सीएसकेए मस्कोबीच भिडन्त हुँदैछ । यो समूहबाट मोनाको अर्को चरणमा पुगिसकेको छ भने लिभरकुजेन र टोटनह्याममध्ये एक टिम छनोट हुनेछ ।

समूह एफ् को खेलमा पोल्याण्डको क्लव लेजिया वार्सजावा र पोर्चुगलको क्लव स्पोर्टिङ्ग तथा स्पेनको क्लव रियल मड्रिड र जर्मनीको क्लव बोरुसिया डर्टमन्ड खेल्ने कार्यक्रम छ ।

यो समूहबाट मड्रिड र डर्टमन्ड अर्को चरणमा पुगिसकेका छन् । समूह जी को खेलमा बेल्जियमको क्लव ब्रागले डेनमार्कको कोबेनहेभन तथा पोर्चुगलको क्लव एफसी पोर्टो र इङल्याण्डको क्लव लेस्टर सिटी खेल्दैछन् । यो समूहबाट लेस्टर अर्को चरणमा पुगिसकेको छ । पोर्टो र कोबेनहेभनमध्ये एक टिम अर्को चरणमा पुग्नेछ । ब्राग भने बाहिरिइसकेको छ ।

समूह एच को खेलमा इटालीको क्लव युभेन्टस र क्रोएसियाको क्लव डाइनामो जाग्रेब तथा फ्रान्सको क्लव लियो र स्पेनको क्लव सेभिल्ला खेल्दैछन् । यो समूहबाट युभेन्टस अर्को चरणमा पुगिसकेको छ । सेभिल्ला र लियोमध्ये एक टिम अर्को चरणमा पुग्नेछ । जाग्रेब भने बाहिरिइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ