arrow

निर्माण व्यवसायीका पक्षमै ऐन कानून बनाउने अभ्यासमा अर्थमन्त्री

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
bohora-artha.jpeg
काठमाडौँ ।  अर्थमन्त्री कृष्णबहादुर महराले निर्माण व्यवसायीहरुले सरकार समक्ष पेश गरेको व्यवसायी मैत्री ऐन कानूनलाई पारित गर्ने विषयमा सरोकारवालाहरुबीच छलफल भइरहेको बताएका छन् । मन्त्री महराले ती ऐन कानूनका विविध पाटोलाई आफूले नजिकैबाट नियालिरहेको समेत जानकारी दिए ।
 
 नेपाल निर्माण व्यवसायी महासंघको रजत जयन्ती समापन समारोह तथा नवौं निर्माण दिवसको उपलक्ष्यमा बुधवार विहान आयोजित प्रभातफेरि कार्यक्रममा मन्त्री महराले व्वसायीहरुका मागको कदर हुनुपर्ने पक्षमा आफू रहेको बताए । मुलुकको राजनीतिले एउटा ट्रयाक लिइसकेको अवस्थामा निर्माण व्यवसायीहरुले गरिरहेको कामको मन्त्री महराले प्रशंसा गरे।
 
 नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले विभिन्न बाधा अड्चनका बाबजुद निर्माण व्यवसायीहरुले भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । दशरथ रंगशालाबाट सुरु भएको प्रभातफेरि थापाथली, माइतीघर, बबरमहल हुँदै महासंघको कार्यालय अनामनगरमा पुगेर टुङगिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ