arrow

चित्रबहादुरले भने- विदेशीको इसारामा आएको विधेयक फिर्ता होस्

संसद लगातार चौथो पटक स्थगित

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
chitra-bahadur-kc-news-aa.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमालेसहितका दलहरुको अवरोधले वुधबारको संसद बैठक समेत रद्द भएको छ । संविधान संशोधन विधेयक फिर्ता नभएसम्म सडक र सदन विरोध नछोड्ने अडानमा रहेको एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेमकिपाले लगातार चोथो पटक संसद अवरुद्ध गरेका हुन् । बैठक सुरु हुनुअगावै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीको इशारामा सरकारले संशोधन विधेयक ल्याइएको आरोप लगाए ।

केसीले भने, ‘यो ‘राष्ट्रघाती’ संशोधन विधेयक हो । यो फिर्ता नलिएसम्म हामी संसद चल्न दिदैनौ । केसीले आफ्नो भनाइ राखिसकेपछि विपक्षी दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध गरेका थिए ।

सभामुख ओनसरी घर्तीले गरेको पटक–पटकको आग्रहलाई अटेर गर्दै विरोधमा उत्रिएका सांसदहरुले उनलाई सुनेनन् । विपक्षी सांसदहरुले विरोध नछोडेपछि सभामुख घर्तीले संसद बैठक मंसिर २४ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जानकारी गराइन् । सरकारले एक साता अघि संसद सचिवालयमा दर्ता गराएको संशोधन विधेयक विपक्षीको अवरोधकै कारण संसदको कार्यसूची सम्म पुग्न सकेको छैन ।

सरकाकारले विधेयक दर्ता गरेको भोलिपल्टै देखि विपक्षीहरुले सडक र सदन आन्दोलन चर्काएपछि सरकारले ल्याउन लागेको पुरक बजेट, निर्वाचन सम्बन्धि कानुन निर्माण अलपत्र परेका छन् । यस्तै, संसदमा छलफलकै क्रममा रहेको अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग समेत अल्झिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ