arrow

ओबिओआर र विभिन्न बस्तुगत संघबीच सम्झौता

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
OBOR.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध विभिन्न बस्तुगत संघ र चिनियाँ परियोजना ‘वान बेल्ट, वान रोड’बीच गुणस्तरीय बस्तु उत्पादन तथा यसको बजारीकरणको सम्बन्धमा महत्वपूर्ण हस्ताक्षर भएको छ । 
 
गत सोमबार चिया, कफी, गलैंचा, पस्मिना, हस्तकालजस्ता जस्ता बस्तुहरु अधिक माग भएका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन ओविओआरले सहयोग गर्दा ति क्षेत्रमा लगानी भित्र्याउन पनि सहज हुने अपेक्षा गरिएको छ ।
 
भएपनि अन्तर्राष्ट्रिय बजार नपाउनु नेपाली उत्पादनको मूल समस्या हो । सीमित व्यवसायिले व्यक्तिगतरुपमा बजार विस्तारको अभ्यास गरिरहेका बेला अव भने संस्थागत प्रयास गरिने भएको छ । जसले नेपालका मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुका साथ ति क्षेत्रमा लगानी भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । 
 
नेपाली उद्योगी÷व्यवसायीका लागि अत्यन्तै महत्वपूर्ण मानिएको यो सम्झौतापछि साझेदार संस्थासँग ओबीओआरले ‘इन्टरनेशनल ट्रेड एन्ड इन्भेष्टमेन्ट प्लेटफर्म’ले वर्किङ एग्रिमेन्ट’ समेत गर्ने भएको छ । ओविओआर र विभिन्न व्यवसायिक संघ÷संस्थाबीच आर्थिक अभिबृद्धिका लागि साझेदारी गर्ने सैद्धान्तिक सहमति भएसँगै नेपाली उद्योगीलाई बजार खोज्न सहज हुने छ । 
 
सोमबार ओविओआर नेपालले हस्तकला महासंघ, पस्मिना संघ, रेशम संघ, गलैंचा उत्पादक संघ, निर्माण सामग्री व्यापार महासंघ, हाते कागज संघ, हर्बल प्रोडक्ट्स संघसँग आर्थिक अभिवृद्धि साझदारी गरेको हो । सोझेदारी पत्रमा ओविओर प्रतिनिधि वेन हू तथा ओविओआर नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार र ति संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । 
 
नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउँदै निर्यात संभाब्य क्षेत्रमा लगानी भित्र्याउने कामको संस्थागत सुरुवात अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्च          (ओबीओआर) नेपालले गर्न लागेको हो । ओविओआर नेपालले स्थानीय साझेदारसँगको सहकार्यलाई बढवा दिँदै आर्थिक अभिबृद्धि योजना कार्यान्वयको सुरुवात पनि गरेको छ । सोमबार ओविओआरले विभिन्न व्यवसायिक संघ÷संस्थासँग पारस्परिक लाभ तथा हितका लागि व्यापार र लगानी विस्तार सम्झौता गरेसँगै नेपाली उत्पादनको बजार विस्तार र विविधिकरणमा नयाँ आयाम थपिएको छ । 
 
चीनको ‘वान बेल्ट वान रोड’ को अवधारणा कार्यान्वयन गर्न गठित ओविओआर नेपालको यो प्रयासले आफ्ना उत्पादनको प्रवद्र्धनमा उद्योगीलाई सहयोग पु¥याउने र व्यापार विस्तार तथा विविधिकरण हुने दावी छ । 
 
ओविओआरले संस्कृति र पर्यटन, जलविद्युत र पूर्वाधार विकाससहित ठूला आयोजनामा लगानी भित्र्याउन र अन्तर्राष्ट्रिय व्यापार तथा लगानीलाई प्रमुख क्षेत्र बनाएर विशेष कार्यक्रमको प्रस्ताव गरिएको पनि जनाएको छ ।। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ