arrow

फोन गर्न हिँडेर चारघन्टा, टावर हेर्दै बित्छ समय

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
telephone-towre.jpeg
जाजरकोट । यहाँको जुम्लाको सिमानासँग जोडिएको रोकाय गाउँको पारामुल्साम र मुलसामका स्थानीयवासी फोन गर्न चार घन्टा हिँड्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको अति विकट बस्ती मध्येमा पर्ने यी दुई गाउँका स्थानीयवासीले देशमा जुन व्यवस्था आए पनि आफूहरुलाई छुन नसकेको बताउने गरेका छन् ।
 
रोकायगाउँ–१ र २ पर्ने यी दुई गाउँका स्थानीयवासी चार घन्टा हिँडेर रम्सिल आएर फोन गर्ने गरेको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले बताए । 
 
आफूले फोन गर्न खोजेमा चार घन्टा हिँडेर फोन गर्ने, तर बाहिरबाट फोन आउने कुरा बन्द हुने गरेको उनले बताए ।
 
 दिनभरि त्यहीँ बसिरहने कुरा भएन । चार घन्टा हिँडेर पनि नायकवाडाको रतनकोटको स्काई टावरले बिहान र बेलुका काम गर्दैन, दिउँसो मात्र काम गर्ने भएकाले निकै तनाव हुुने गरेको स्थानीयवासी नीमबहादुर शाहीले बताए । 
 
जिल्लाको भगवती, दह, मोर्क लगायतका ठाउँमा टेलिफोनको निकै समस्या हुने गरेको छ । फोनको समस्याबारे सबैलाई जानकारी गराए पनि सुनुवाइ नभएको स्थानीयवासीको आरोप छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ