arrow

आर्सनल शानदार जितसहित च्याम्पियन्स लिगको अर्को चरणमा

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
arsenal.jpeg
सेन्ट ज्याकोब पार्क । इङल्याण्डको क्लव आर्सनल शानदार जितसहित समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको अकोृ चरणमा पुगेको छ । आर्सनलले स्वीट्जरल्याण्डको क्लव बाजललाई उसकै मैदानमा ४–१ ले हरायो । 
 
The 28-year-old Arsenal man slots the ball into an empty net after Basle's defence failed to clear the ball away from their goal
 
खेलमा लुकास पेरेजले ह्याट्रिक पूरा गरे । त्यसैगरी एलेक्स इवाबीले एक गोल जोडे । पराजित बाजलका लागि घरेलु मैदानमा डोम्बियाले सान्त्वना गोल फर्काए । 
 
Mesut Ozil (right) rushes to celebrate with Perez following the Spaniard's second goal of the night in Switzerland
 
यो जितसंगै आर्सनल १४ अंकसहित समूह विजेता बन्दै समूह ए बाट अर्को चरणमा पुगेको छ । त्यस्तै फ्रान्सको पेरिस सेन्ट जर्मेन १२ अंकसहित उपविजेता हुँदै अर्को चरणमा पुगेको छ । जर्मेनले मंगलबार राति भने बुग्लेरियाको क्लव लुदोगोरेट्स लाजगार्डसंग २–२ को बराबरी खेल्यो । बाजल र राजगार्ड बाहिरिएका छन् । 
 
Kieran Gibbs (centre, pictured with two-goal hero Perez) was given a rare start for Arsenal against Basle
अन्य खेलमा समूह बी बाट इटालीको नापोली र पोर्चुगलको बेनेफिका अर्को चरणमा पुगेका छन् । मंगलबार राति बेनेफिका नापोलीसंग २–१ ले पराजित भयो । नाइनामो किभले बेसिक्तासमाथि ६–० को जित निकाले पनि अर्को चरणमा पुग्न पाएन । 
 
Xhaka (left) tries to dispossess his brother Taulant Xhaka as the duo compete for the ball during the first half at St Jakob-Park
 
त्यस्तै समूह डी बाट स्पेनी क्लव एथलेटिको मड्रिड समूह विजेता तथा जर्मनीको क्लव बायर्न म्युनिख उपविजेता बन्दै अर्को चरणमा पुगे । पहिलो हार बेहोर्ने क्रममा १५ अंकको एथलेटिकोले मंगलबार बायर्नलाई १–० को नतिजा सुम्पियो । रुसी क्लव रोस्तोभ र नेदरल्याण्डको पीएसभी आइन्डहोभनले भने गोलरहित बराबरी खेल्दै बाहिरिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ