arrow

च्याम्पियन्स लिगमा बार्सिलोनाको शान, मेसी कीर्तिमान नजिक

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
barca.jpeg
नोउ क्याम्प । च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लव बार्सिलोनाले शानदार प्रदर्शन गरेको छ । समूह सीको विजेता बन्दै प्रिक्वार्टरफाइनलमा पुगेको बार्सिलोनाले अन्तिम खेलमा जर्मन क्लव बोरुसियालाई ४–० ले हरायो । 
Barcelona's Argentine forward Lionel Messi (right) celebrates his 16th minute goal against Borussia Monchengladbach
 
बार्सिलोनालाई जिताउने क्रममा २९ वर्षीय टर्किस खेलाडी आर्दा तुरानले ह्याट्रिक गरे । 
 
Messi (right) took his goal well for Luis Enrique's Catalan side against Andre Schubert's visiting Bundesliga outfit
एकतर्फी प्रदर्शन गरेको बार्सिलोनाका लागि लियोनल मेसीले एक गोल थपे । यो गोलसंगै जारी सिजनमा मेसीले च्याम्पियन्स लिगमा गोल संख्यालाई १० पुराएका छन् । उनी अब क्रिष्टियानो रोनाल्डोले बनाएको ११ गोलको कीर्तिमानको एक गोललेमात्र पछाडि छन् । 
Former Atletico Madrid stalwart Turan heads in five minutes after the break to double Barca's lead at the Nou Camp
 
१६ मिनेटमै खेलमा गोलको खाता खोलेका मेसीले यही खेलमै ह्याट्रिक गर्दै पोर्चुगिच खेलाडी रोनाल्डो कीर्तिमान तोड्ने धेरैको आँकलन थियो । 
 
Messi (second left) takes on the German side's No 24, centre half and captain Tony Jantschke (centre right) on Tuesday
 
जितसंगै १५ अंकसहित बार्सिलोना समूह विजेता बनेको हो । समूह सी बाट अर्को क्लव इङल्याण्डको म्यानचेष्टर सिटी पनि अर्को चरणमा पुगेको छ । म्यानचेष्टर सिटीले समूहको अन्तिम खेलमा स्कटल्याण्डको सेल्टिकसंग १–१ को बराबरी खेल्यो । 
 
Roberts gave City fans a glimpse of his talents with Celtic's goal in the Champions League Group C dead rubber fixture
 
घरेलु इत्तिहाद मैदानमा खेलेको म्यानचेष्टरले चौथो मिनेटमै गोल खायो । प्याट्रिक रोबर्टसले गोल गर्दैै सेल्टिकलाई अग्रता दिलाए । 
 
Celtic's lead didn't last long - and City goalscorer Kelechi Iheanacho was congratulated by Leroy Sane and Nolito
 
तर त्यसको चार मिनेटमै केलिचीले गोल गर्दै म्यानचेष्टरलाई बराबरीमा ल्याए । यो बराबरीपछि म्यानचेष्टर ९ अंकसहित समूहको उपविजेृता हुँदै अर्को चरणमा पुगेको हो । यो समूहबाट सेल्टिक र बोरुसिया बाहिरिएका छन् । 
 
Roberts weaved a way through the City defence before firing in a left-footed shot to give the visitors the lead
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ