arrow

स्थानीयले साथ दिन छाडेपछि रुपन्देहीको आन्दोलन फिर्ता

अब बन्द, हड्ताल नगर्ने

logo
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
butwalma-bishal-pardarsan-news.jpeg

काठमाडौं । ५ नम्बर प्रदेश विभाजन गरेको भन्दै रुपन्देहीमा एक साता चलेको आन्दोलन स्थिगित भएको छ । प्रमुख विपक्षी एमालेले अगुवाइ गरिरहेको आन्दोलन २६ मंसिरसम्मका लागि स्थगित भएको गरिएको एमाले जिल्ला अध्यक्ष शिव सुवेदीले बताएका छन् ।

सुवेदीका अनुसार अब बन्द, हड्ताल र जुलुस नगरिने तथा कार्यक्रम परिमार्जन गरिनेछ । सुवेदीले भने, ‘अब आमसभा, अन्र्तक्रिया र छलफल कार्यक्रम गर्ने भनेका छौं ।’ सोमबार मात्रै एमाले स्थायी समिति बैठकले बन्द हड्ताल जस्ता कार्यक्रम नगरी शान्तिपूर्ण आमसभा, अन्र्तक्रियालगायतका कार्यक्रम गर्न निर्देशन दिएको थियो ।

गएको मंगलबार राति सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकमा प्रदेश पाँचका पहाडी जिल्ला र तराईका जिल्लालाई अलग गर्ने उल्लेख रहेको भन्दै वुधबारदेखि नै आन्दोलन चर्किएको थियो । बन्दले रुपन्देहीमा यातायात, शिक्षण संस्था, उद्योग धन्दा सबै ठप्प थिए ।

सवारी साधान साँझ ५ देखि बिहान ७ बजे सम्म मात्रै चलिरहेका थिए । दिउँसो ठप्प नै रहने गरेको हाम्रा सहकर्मी विक्रम खड्काले जानकारी दिए ।
 

स्थानीयले साथ दिन छाडेपछि आन्दोलन स्थगित
एक साता लामो बन्दले आजित भएका स्थानीयले साथ दिनै छाडेपछि बन्द स्थगित भएको बताइएको छ । सुरुमा कुनै राजनीतिक पार्टीको आह्वान विनै स्वस्फूर्त विरोधमा उत्रिएका स्थानीय आन्दोलनमा राजनीतिक घुसपैठ भएपछि ठाढिएका बुटवलबाट सहकर्मी खड्काले सुनाए ।

उनले भने, ‘बन्दले सास्ती भएपछि स्थानीयले नै बन्द हड्ताल फिर्ता लिन दबाब दिन थाले । पब्लिक प्रेसर धेरै भयो ।’ अर्कोतिर कांग्रेसका जिल्ला सभापतिले समेत कुनै पनि कार्यकर्तालाई आन्दोलनमा सहभागि नहुन भन्दै विज्ञप्ति निकालेपछि संख्या न्यून हुँदै गएको थियो ।

स्वस्फूर्त आन्दोलनमा आएका सत्ताधारी दलका नेता कार्यकर्ता आउनै छाडेपछि मास घट्यो, त्यसैको प्रभाव पनि हुन सक्छ –सहकर्मी खड्काले भने । बन्द फिर्ता भएसंगै सवारी साधन चलेका छन् भने विद्यालय पनि खुलेका छन् । विद्यालयमा भइरहेको अर्धबार्षिक परिक्षा पनि पुःन संचालनमा आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ