arrow

कंगनाको गुनासो : 'बलिउडमा मेरो वेइज्जत गरियो'

logo
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
kangna.jpeg
एजेन्सी । बलिउडमा कंगना रनौत एउटा चर्चित नाम हो । तिनै अभिनेत्री कंगनाले बलिउडका  बारेमा ठुलो खुलासा गरेकी छन् ।  कंगनाले आफुलाई बलिउड सुरुवातको दिनमा राम्रो ढंगले कपडा लगाउन र अंग्रेजी बोल्न नजानेको भन्दै चिडड्याइने गरेको बताएकी छन्  । 
 
कंगनाले भनिन् - 'मलाई आफ्नो जन्मस्थान प्रति कुनै अफसोच छैन । म सानो सहरबाट आएकी हु भनेर मानिसहरुले मेरो वेइज्जत गर्ने प्रयास गरे । उनिहरुले  मलाई शुद्ध अंग्रेजी बोल्न नआउने र मलाई ठीक ढंगले कपडा लगाउन नजान्ने  भन्थे , तर यस्तो कुराले मेरो केहि बिगार्न सकेन ।'
 
अभिनेत्रीले भनिन् , 'मेरो व्यक्तित्व सधै मेरो जन्मस्थानबाट प्रभावित छ । आज पनि जब म  काम गर्छु , तब सबै भन्दा पहिले मानिस मलाई यि संवेदनशिल महिलाले गर्न सक्छिन् र भनि प्रतिक्रिया दिन्छन् तर जब म काम गर्न सुरु गर्छु त्यस्ता सबै प्रश्न बन्द हुन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ