arrow

सुदुरपश्चिमाञ्चल महिला भलिबल प्रतियोगिता सुरु

logo
प्रेम रौले,
प्रकाशित २०७३ मंसिर २० सोमबार
volleyball-sudhurpaschim.jpeg
बाजुरा ।  सातौ राष्ट्रिय खेलकु द प्रतियोगिताको सुदुरपश्चिमाञ्चल महिला क्षेत्रीय महिला भलिवल प्रतियोगिता सोमबार देखि सुरु भएको छ ।  सुदुरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना र जिल्ला खेलकुद विकास समिति बाजुराको  समन्वयमा प्रतियोगिता सुरु भएको क्षेत्रीय खेलकुद विकास समितिका कोषाध्यक्ष हिरेन्द्र भट्टराइले बताए । भट्टराइले जिल्ला खेलकुद विकास समिति बाजुराको सहकार्यमा महिला भलिवल प्रतियोगिा सञ्चालन गरिएको जानकारी दिए ।
 
प्रतियोगिताको उद्घाटन नेकपा एमाले पोलिट व्युरो केन्द्रीय सदस्य तथा पुर्व उद्योग मन्त्री सभासद कर्ण बहादुर थापाले गरे । कार्यक्रममा बोल्दै थापाले उद्योग सम्भावनाको पहिचानका रुपमा खेल क्षेत्रलाइ लिनुपर्ने बताए। उनले खेल एक कला संस्कृतिका रुपमा लिन सकिने बताउदै खेलाडीहरुलाई कुलत र कुसंस्कारमा नलाग्न आग्रह गरे। 
 
क्षेत्रीय महिला भलिवल प्रतियोगितामा नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा सभासद बद्री प्रसाद पाण्डेले क्षेत्रीय खेल खेलाडीहरुको क्षमता प्रदर्शन गर्न ठाउ भएको बताए । पाण्डेले खेल क्षेत्रको विकासका लागि आफुले संसदमा समेत प्रस्ताव गर्दै अगाडी बढाउने बताउदै खेलकुद क्षेत्रको विकासका लागि बजेट न्युन हुदै आउकाले बजेटको व्यवस्था गर्न पहल गर्ने सुनाए  ।
 
त्यस्तै  नेकपा माओवादी केन्द्रका नेता तथा सभासद कर्ण बहादुर वि.क.ले क्षेत्रीय खेलले राष्ट्रिय खेलको पहिचान गर्नु पर्नमा जोड दिए ।  जिल्लाको विकासमा साझा एजेण्डा नहुदा विकास सम्भावना नभएको वि.क.को भनाइ रहेको छ । सभासद वि.क.ले खेलकुद विकासमा राजनितिक गर्दा खेलको विकास नहुने दावी गरे। 
 
यस्तै महिला एमाले सभासद बसुन्धरा रोकायाले खेललकुदमा मर्यादित र भइ खेलाडीहरुको क्षमता अभिवृद्धी गर्दै लैजानुपर्ने बताइन् ।उनले खेल क्षेत्रबाट संविधान कार्यान्वयनका लागि ठुलो भुमिका खेल्ने बताइन् । यस्तै जनजाती सभासद पेम्वा गुरुङ्ग भोटेले खेलाडीहरु  राज्यको गहना भएकाले सबैले संरक्षण र सम्र्वद्धन गर्दै लैजानुपर्ने बताए । उनले खेल क्षेत्रको विकासका लागि खेलकुद पुर्वाधार आवश्यक रहेको बताए । 
 
सोमबार देखि सुरु भएको सुदुर पश्चिमाञ्चल महलिा भलिबल प्रतियोगितामा पहिलो खेल बाजुरा र डोटी विच भएको छ । खेलमा पहिलो खेलमा बाजुराले २५ का विरुद्ध  ८ ले पराजित गरेको छ भने दोस्रो खेलमा बाजुराले २५ का  विरुद्ध ११ ले डोटीलाइ पराजित गरेको आयोजकले जनाएको छ । आज भएको कञ्चनपुर र कैलाली विचको खेल  भने समय अभावका कारण भोलि विहान ८ बजे सम्मका लागि स्थगित भएको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ