arrow

दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल उपविजेता

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
sag-FOOTSAL.jpeg

काठमाडौं । श्रीलंकामा भएको तेश्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल उप–विजेता बनेको छ । नेपाल फाइनलमा श्रीलङकासँग २–१ गोल अन्तरले पराजित हुंदै उपविजेतमा सिमित हुन पुगेको हो । राउन्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा बराबरी मात्र गर्न सके उपाधि नेपालको हात पर्ने सम्भावना थियो ।

खेलको ७औं मिनटमानै सुभास घलानको गोलले अग्रता लिएको नेपालले श्रीलङकालाई पहिलो हाफमा गोल गर्ने कुनै अवसर दिएन । जित नजिकै पुगेको नेपाल सम्हालिन नसक्दा पराजित हुन पुग्यो । श्रीलंकाका नादानले खेलको अन्तिम ६ र २ मिनटमा २ गोल गर्दै नेपालको सम्भावना समाप्त पारी दिए ।

“थोरै समय सम्हालिन नसक्दा जितविहिन भयौँ,– कप्तान साजन महर्जनले भने । उनले छोटो समयको तयारीमा पनि फाइनल सम्मको यात्रा तय गर्न सकेकामा खुसी दर्साउँदै टोलीका सम्पूर्ण खेलाडीहरुको मेहनतले त्यहाँसम्म पुगेको बताए । साजनले आगामी दिनमा सरकारले फुटसललाई सहयोग गरे नेपाल दक्षिण एसियाकै उत्कृष्ट टोली बन्ने बताए ।

विभिन्न स्थानमा छरिएर रहेको फुटसललाई संगठित रुपमा विकास र विस्तार गर्ने उद्धेश्यले हालै मात्र राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघ दर्ता भएको छ । नेपालले भारतलाई ५-० मालदिभ्सलाई ३ -२ र पाकिस्तानलाई ९-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगितामा दक्षिण एसियाका ५ राष्ट्र सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ