arrow

म्याग्दीका शिक्षकले आविष्कार केन्द्रलाई पाँच दिनको तलब दिने घोषणा

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
Mahabir.jpg.jpeg
बेनी (म्याग्दी)। सामाजिक अभियन्ता महावीर पुनले सुरू गरेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानमा म्याग्दीका शिक्षकले पाँच दिनको तलब बराबरको रकम सहयोग गर्ने घोषणा गरेका छन्।
 
आदर्श मावि रिम स्रोतकेन्द्रअन्तर्गत १० वटा विद्यालयका ९२ जना शिक्षक–कर्मचारीले पाँच दिन बराबरको तलब केन्द्रलाई सहयोग गर्ने निर्णय गरेका आदर्श मावि रिमाका प्रधानाध्यापक कुमार गर्बुजाले बताए। “स्रोतकेन्द्र अन्तर्गत धेरै विद्यालयमा महावीरकै प्रयासमा सूचना र प्रविधिको विस्तार गरिएको छ। हामीले केन्द्र स्थापनामा भविष्यमा समेत सहयोगको प्रतिबद्धता जनाएका छौँ” गर्बुजाले भने।
 
प्रअ गर्बुजाका अनुसार शिक्षकले आफ्नो गाँस कटाएर आविष्कार केन्द्रलाई सहयोग गरेका हुन्। स्रोतकेन्द्रमा भएको प्रधानाध्यापकको बैठकमा संरोतव्यक्ति भरतकुमार पुनको संयोजकत्वममा आर्थिक सङ्कलन अभियानलाई प्रभावकारी बनाउन ११ सदस्यीय समिति समेत बनाइएको छ। 
“विद्यालयका कर्मचारीदेखि प्रधानाध्यापकसम्म पाँच दिनको तलब र इच्छाअनुसार त्यसभन्दा धेरै सहयोग गर्न सक्ने स्रोतव्यक्ति पुनले बताए।
 
“अन्य विद्यालयका शिक्षकहरुबाट समेत सहयोगका लागि इच्छा व्यक्त भएको छ” उनले भने। आदर्श माविअन्तर्गत १० वटा विद्यालयमा ९२ जना शिक्षक कार्यरत छन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ