arrow

काँग्रेस नेता अर्जुनको पुस्तक सार्वजनिक

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1647201748.jpeg
काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले ‘विषय, बहस र मेरो विचार’ नामक पुस्तक ल्याएका छन् । पुस्तकको राजधानीमा आयोजित कार्यक्रममा सभामुख सुभाषचन्द्र नेम्बाङले राजधानीमा आयोजित कार्यक्रममा विमोचन गरे ।

पुस्तकको विमोचन गर्दै राजनीतिमा व्यस्त हुने मानछेले किताब निकाुल्नु आफैमा रोचक कुरा भएको बताए । उनले संसदमा प्रस्तुत हुने तरिकाबारे मन्तव्य दिँदा कार्यक्रममा उपस्थित नेता, कार्यकता तथा पाठक हाँसेका थिए ।

पुस्तकको समिक्षा गर्दै प्राध्यापक कृष्ण खनालले पुस्तक पढ्दा पाठकहरु कन्फ्युज हुने जनाउँदै नेपालको राजनीतिक घटनालाक्रमलाई पुस्तकमा राम्रो तरिकाले प्रस्तुत गरेको बताए ।
यस्तै पूर्व सभामुख दमननाथ ढुंगानाले लेखक केसी राष्ट्रवादी नेता भउको दाबी गरे ।

१ सय ३८ लेख र ६ खण्डमा विभाजित पुस्तकलाई अक्सफोर्ड इन्टरनेशनलले बजारमा ल्याएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ