arrow

महाअभियोग प्रस्ताव संसदमा प्रवेश, मंगलवार छलफल

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
parlinment-CA-BICC.jpeg
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बिरुद्ध एक चौथाई सामसदले संसद सचिवालयमा दर्ता गराएको महाअभियोग प्रस्ताव संसद बैठकमा प्रवेश पाएको छ। 
 
महाअभियोग प्रस्तावमाथि संसदमा मंगलवार तीन बजे छलफल हुने भएको छ। महाअभियोग प्रस्ताव अघि बढाउन प्रम पुस्पकमल दहालले नेकपा माओवादी केन्द्रका सांसदहरुलाई निर्देशन पनि दिएका छन्। 
 
महाभियोग प्रस्तावमाथि संसदको पूर्ण बैठकमा सामान्य छलफल मात्रै हुन्छ भने महाभियोग सिफारिस समितिले विस्तृत अनुसन्धान तहकिकात गर्ने प्रावधान छ ।
 
कार्कीविरुद्धको महाभियोग प्रस्तुत गर्ने कार्यसूचीमा बिहीबारका लागि डाकिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख ओनसरी घर्तीले सूचनाद्वारा आइतबारसम्मका लागि स्थगित गरेकी थिइन् । 
 
प्रधानमन्त्री दाहाल नेतृत्वको माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका १ सय ५७ सांसदहरुले अघि बढाएको महाभियोग प्रस्ताव पारित हुन संसदको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थन अनिवार्य छ । 
 
संविधान र संसदको नियमावली अनुसार महाभियोग प्रस्ताव पारित हुन संसदको दुई तिहाई मत आवश्यक पर्छ । संसदमा कांग्रेसको सिट संख्या (२०७) एक तिहाईभन्दा बढी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ