arrow

संसद बैठक बस्दै, अख्तियार प्रमुखको महाअभियोग दर्ता हुँदै, काँग्रेस निर्णायक

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
samsad-bhawan.jpeg
काठमाडौं । व्यवस्थापिका संसदको आइतबार बिहान ११ बजेका लागि डाकिएको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव प्रस्तुत हुने भएको छ।  
 
गत बुधबार साँझ संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा संसद बैठकमा सैद्धान्तिक छलफल हुनेछ। 
 
बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्तावमा कहिले छलफल गर्ने भन्ने सम्बन्धमा समय तोक्ने संसद सचिवालयले जनाएको छ । 
 
 प्रस्तावका सम्बन्धमा संसदमा सैद्धान्तिक छलफल भएपछि महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाइने छ। 
 
महाअभियोग सिफारिस समितिमा प्रस्ताव पुगेपछि ३० दिनभित्र सदनमा प्रतिवेदन पेश गर्नुपर्ने छ। 
 
एमालेका १०७ तथा माओवादी केन्द्रका ५० गरी १ सय ५७ सांसदहरुले गत बुधबार महाअभियोग प्रस्ताव संसदमा पेश गरेका थिए। 
 
यस सम्बन्धमा संसदको  सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अझै आधिकारिक धारणा तय गरेको छैन। काँग्रेस आन्तरिक छलफलमै रहेको छ ।
 
संविधान र संसदको नियमावली अनुसार महाअभियोग प्रस्ताव पारित हुन संसदको दुई तिहाई मत आवश्यक पर्छ। संसदमा कांग्रेसको सिट संख्या २०७ छ । एक तिहाईभन्दा बढी मत काँग्रेसकै रहेकाले कार्कीलाई महाअभियोग लगाउने बारे मतदान भए काँग्रेस नै निर्णायक हुनेछ । 
 
काँग्रेस पनि आन्तरिक रूपले विभाजित भएकाले परिणाम जे पनि हुन सक्ने भएकाले अनुमान यसै हुन्छ भनेर गर्न कठिन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ