arrow

फुटबल संघको चुनावी सरगर्मी बढ्यो, फिफा र एएफ्सीका प्रतिनिधि आइपुगे

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
ANFA-logo.jpeg
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको सोमबार हुने साधारण सभाका लागि फिफा र एएफ्सीका प्रतिनिधि काठमाडौं आइपुगेका छन् । 
 
फिफाका प्रतिनिधि लुक्का निकोला तथा एएफसीका प्रतिनिधिद्धय रवि कुमार र पुरुषोत्तम कट्टेल आइपुगेको एन्फाले जनाएको छ । 
 
सोमबारको साधारणसभामा अध्यक्ष र उपाध्यक्षको निर्वाचनको निर्वाचन पनि भएकाले यो साधारणसभालाई निकै महत्वका साथ हेरिएको छ । 
 
अध्यक्ष र उपाध्यक्षकोमात्र हुने चुनावका लागि चुनावी कसरतसमेत खुवै बढेको छ । कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पा अध्यक्षका लागि भिड्दै छन् । 
 
अध्यक्षका उम्मेदवारहरू उच्च अदालत पाटनले चुनावी प्रचारप्रसारमा नलाग्न निर्देशन दिएका समयमासमेत भोट माग्नमा र जिल्ला भ्रमणमा व्यस्त थिए ।
 
नियोजित रुपले चुनाव हुन नदिने प्रयोजनका लागि परेको रिटमा उच्च अदालतले भने एन्फाको पक्षमा फैसला गरेको थियो । 
 
यसैबीच, अध्यक्षका लागि अन्तिम समयमा आएर नाम फिर्ता लिएका टासी घलेले नरेन्द्र श्रेष्ठलाई सघाउने घोषणा गरेका छन् । 
 
उनका प्रतिनिधिहरु खुलेर यति छन् भन्ने नआए पनि श्रेष्ठलाई सघाउने बताउँदा भने केही राहत अनुभूति श्रेष्ठले गरेका छन् । 
 
श्रेष्ठलाई पूर्व अध्यक्ष एवं फिफाको कार्वाहीमा परेका गणेश थापाको पनि  समर्थन रहेको छ ।
 
अर्का उम्मेदवार कर्माछिरिङ शेर्पाले आफू केही वर्षदेखि एन्फाको अपारदर्शी विरुद्ध लागिरहेकाले त्यसलाई सबैले साथ दिने विश्वास गर्दै चुनाव जित्ने ठोकुवा गर्छन् । 
 
त्यस्तै उपाध्यक्षका लागि श्रेष्ठको पक्षबाट मणि कुँवर, शेर्पाको पक्षबाट दीपक खाती उठ्दै छन् । प्रशिक्षक उपेन्द्रमान सिंहले भने स्वतन्त्र उम्मेदवारी दिएका छन् । 
 
काठमाडौंको माइतीघरमा हुने साधारण सभामा दिउँसो ३ बजेदेखि मतदान गर्ने कार्यक्रम राखिएको निर्वाचन समितिले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ