arrow

ज्येष्ठ नागरिकलाई वृद्धाश्रम नपठाउन राष्ट्रपतिको आग्रह

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
vidya-bhandari-nepal.jpeg
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई वृद्धाश्रम नपठाउन आग्रह गरेकी छिन् । उनीहरूलाई घरपरिवारमै माया र स्नेहका साथ संरक्षण गर्न राष्ट्रपति भण्डारीको आग्रह छ ।
 
विराटनगरमा आयोजित एक नम्बर प्रदेशस्तरीय ज्येष्ठ नागरिक सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले ज्येष्ठ नागरिक समाजका आदणीय र महत्वपूर्ण सम्पत्ति भएको बताइन् । ज्येष्ठ नागरिकको स्वस्थ र सम्मानित जीवनकालको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकसँग सम्बन्धित कानुन तत्काल कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिइन् ।
 
शिक्षित सन्तानबाटै ज्येष्ठ नागरिक अपहेलित हुँदै गएको भनेर चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले उपभोक्तावाद र व्यक्तिवादले सामूहिक संस्कृतिलाई छिन्नभिन्न बनाउँदै लगेको बताइन् । 
 
शिक्षित पुस्तामा ज्येष्ठ नागरिकप्रति देखापर्न थालेको अवहेलनामा सुधार ल्याउनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले ज्येष्ठ नगारिकको योगदान देश र समाजको विकासका लागि महत्वपूर्ण भएको भन्दै उनीहरू ज्ञान, सीप र अनुभवका जिउँदा प्रतिमूर्ति भएको बताइन् । 
 
ज्येष्ठ नागरिकलाई सम्मान र संरक्षण गर्न सके मात्र समाजले अझै धेरै मार्गदर्शन पाउन सक्ने उनको भनाइ थियो । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ