arrow

राष्ट्रपति र छोरीहरूका जुत्ता बोक्न सैनिक प्रयोग

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
shoe-keeper-army.jpeg
सप्तरी । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा पूजाआजा गरेकी छन् । 
 
हेलिकोप्टरमा परिवारका सदस्यसहित भण्डारी छिन्नमस्ता पुगेकी हुन् ।
 
हेलिकोप्टरबाट ओर्लेपछि करिब दुई सय मिटर पैदल हिँडेर राष्ट्रपति भण्डारी र उनका दुई छोरी उषाकिरण र निशाकुसुम मन्दिर परिसरमा पुगे । 
 
जहाँ सेना, सशस्त्र, नेपाल प्रहरी, तालिमप्राप्त कुकुर र राष्ट्रपति कार्यालयको विशेष सुरक्षा टिम परिचालित थियो ।
 
 सेनाका चार जवान भने राष्ट्रपति र उनका छोरीहरुका जुत्ता–चप्पल बोक्न ब्यस्त थिए । 
 
उपल्ला सैनिक अधिकारी र राष्ट्रपति कार्यालयका कर्मचारीका जुत्ता–चप्पल बोक्ने काम पनि सेनाका जवानले गरेका थिए ।
मन्दिरको प्रवेशद्वार छेउमा राखिएका जुत्ता–चप्पल सेनाका जवानले त्यहाँबाट बोकेरमन्दिरको निकासद्वारसम्म पु(याए ।
 
 जुत्ता–चप्पल बोक्ने कामका खटाइएका सैनिकको तस्वीर खिचिरहेका सञ्चारकर्मीलाई सेनाका उच्च अधिकारीले निकासद्वाराबाट हटएका थिए ।
 
देश शान्तिपथमा बढ्दै छ – राष्ट्रपति
राष्ट्रपति भण्डारीले मुलुक यतिवेला शान्तिको पथमा अगाडि बढेको बताइन् । छिन्नमस्ता शक्तिपीठमा विशेष पूजाआजापछि मन्दिर संरक्षण समितिले आयोजना गरेको स्वागत सामारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले यस्तो बताएकी हुन् ।
 
 ‘हामी विश्व मानवता र भ्रातृत्व पक्षधरका मानिस हौँ, हामी त्यही वातावरण तयार गर्न चाहन्छौँ, विश्व शान्ति अरूको कल्याणले नै हुन्छ,’ उनले भनिन् । सम्पूर्ण नेपालीको कल्याणका लागि छिन्नमस्ता मातासित आराधना गरेको उनले बताइन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ