arrow

बार्सिलोनाको संघर्षपूर्ण जित, नेमार र सुवारेजको टाउकोमा बोतल

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
barcelona-1.jpeg
मेस्टाल्ला । तनावपूर्ण खेलमा भ्यालेन्सियालाई पराजित गर्दै बार्सिलोना स्पेनिश लिग ला लिगा फुटबलको शीर्ष स्थानमा पुगेको छ । 
Barcelona talisman Messi releases his frustration with a wild celebration in front of the Valencia supporters
भ्यालेन्सियाको मैदानमा शनिबार राति भएको तनावपूर्ण खेलमा बार्सिलोना ३–२ ले विजयी भयो । 
 
The Barcelona talisman blows a kiss towards Valencia fans after his late winner - sparking chaotic scenes
 
२२ औं मिनेटमा बार्सिलोना स्टार लिओनेल मेसीले गरेको गोल विवादित बन्यो । लुइस सुवारेज अफसाइड बसेको देखिएको थियो । 
 
Barcelona players start to duck and Luis Suarez goes to ground as Messi's late winner prompts an ugly reaction
५२ औं मिनेटमा मुनिर ए हदादीले र ५६ औं मिनेटमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियालाई २–१ को अग्रता दिलाए । 
 
The Barcelona superstar stands over Neymar after his Brazilian team-mate appeared to be struck by a water bottle
 
६२ औं मिनेटमा सुवारेजले गोल गर्दै २–२ को बराबरी गरे । 
 
Former Liverpool striker Suarez was upended by Aymen Abdennour (left) to earn the late penalty at the Mestalla
 
तर अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै मेसीले बार्सिलोनालाई ३–२ ले जिताए । 
Valencia captain Enzo Perez (left) goes in for a challenge on his Barcelona counterpart Andres Iniesta
 
तर बार्सिलोनाले खुसीयाली मनाउँदा भ्यालेन्सियाका दर्शक भने रिसाएका छन् । दर्शकले नेमार र सुवारेजको टाउकोमा बोतल प्रहार गरेका छन् । 
 
The Argentine phenomenon strokes home his spot kick to send the defending champions top of La Liga
 
त्यसपछि रिसाएका मेसीले दर्शकलाई गालीसमेत गर्न भ्याए । 
 
यो खेलमा घाइते भएका बार्सिलोना प्लेमेकर आन्द्रेस इनेस्ता घुँडाको लिगामेन्ट च्यातिएका कारण दुई महिना खेल्न नसक्ने भएका छन् । 
 
The Spanish playmaker grimaces as he clutches his right knee after suffering suspected exterior ligament damage
 
यो तनावपूर्ण खेलपछि ९ खेलबाट १९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा पुगेको छ । ८ खेलका एथलेटिको मड्रिड र रियल मड्रिड दोस्रो र तेस्रो स्थानमा खसेका छन् । 
 
Barcelona forward Neymar (right) looks downcast as Iniesta is taken off on a stretcher in obvious pain
 
शनिबार रातिका अन्य खेलमा रियल सोसिडाडले एल्भेसलाई ३–० ले हराउँदा स्पानियोल र आइबरले ३–३ को तथा ग्रानाडा र स्पोर्टिङले गोलरहित बराबरी खेले ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ