arrow

प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
arsenal.jpeg
लण्डन । इङलिश प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा पुगेको छ । शनिबार रातिको खेलमा मिडिल्सब्रोसंग घरेलु मैदानमा गोलरहित बराबरी खेलेको आर्सनल ९ खेलबाट २० अंकसहित शीर्ष स्थानमा पुगेको हो । 
Arsenal were frustrated at the Emirates as Middlesbrough were able to dig in and earn a valuable point from their visit
 
त्यस्तै लिभरपुल २० अंकबाटै दोस्रो स्थानमा पुगेको छ । शनिबार राति घरेलु मैदानमा वेष्टब्रोमलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको लिभरपुल दोस्रो स्थानमा चढेको हो । 
 
Alexis Sanchez cut a frustrated figure and took out his anger on the woodwork as Arsenal failed to convert their chances 
 
लिभरपुललाई विजयी गराउन साडिओ माने र फिलिप्पे कौटिन्होले १–१ गोल गरे । वेष्ट ब्रोमका ग्यारेथ म्याकउलेले सान्त्वना गोल फर्काए । 
 
Sanchez went down under the challenge of Gaston Ramirez but referee Mike Dean decided to wave play on
 
अन्य खेलमा स्टोक सिटीले हल सिटीलाई २–० ले, लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ३–१ ले, बर्नलेले एभर्टनलाई २–१ ले हरायो । 
 
Ramirez missed a guilt-edged opportunity to put his side in front as Petr Cech made the save from a close-range header 
 
तर स्वान्सीले वाट्फोर्टसंग तथा एएफसी बर्नमाउथले टोटनह्यामसंग गोलरहित बराबरी खेल्यो । 
 
The Uruguayan recognised what a chance he'd spurned as his teammates reacted by putting their hands on their heads 
लिगमा १९ अंकको म्यानचेष्टर सिटी तेस्रो तथा समान अंककै टोटनह्याम चौथो स्थानमा छ । 
Cech kept the hosts level as Middlesbrough enjoyed the better of the chances during the opening 45 minutes of action 
 
आइतबार राति हुने म्यानचेष्टर सिटी र साउथह्याम्पटन तथा अर्को बहुप्रतिक्षित खेलमा चेल्सीले म्यानचेष्टर युनाइटेडसंग खेल्दा भने अंकतालिकामा फेरबदल हुनेछ । 
 
चेल्सी र म्यानचेष्टर युनाइटेडको खेल विशेष हुनेछ । गत वर्ष जोजे मौरिन्हो चेल्सीबाट निकालिएका थिए भने अहिले म्यानचेष्टर युनाइटेडको म्यानेजर भएर टिम सम्हालेका छन् । खेल चेल्सीकै मैदानमा नेपाली समय अनुसार राति पौने ९ बजे हुनेछ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ