arrow

प्रिमियर लिग : अपराजित टोटनह्यामलाई बराबरीले घाटा

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
bournemouth-spurs-draw.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिगको नवौँ चरण सम्म अपराजित रहेको टोटनह्याम हट्स्परलाई फेरि घाटा लागेको छ । शनिबार साँझ एएफसी बर्नमाउथको मैदानमा भएको खेल गोल विहिन भएपछि टोटनह्यामलाई घाटा लागेको हो ।
 
यो बराबरीले टोटनह्यामलाई दोस्रो स्थान पुग्नबाट रोकेको छ । उसले म्यान्चेस्टर सिटीसंग अंक बराबरी गरेपनि गोल अन्तरले पछि परेको छ । हाल सम्म ५ मा जित र ४ खेल बराबरी गरेको टोटनह्याम मात्रै अपराजित छ । 
 
यो सिजन फर्ममा रहेको टोटनह्यामले सोचे अनुरुपको नतिजा भने निकाल्न सकेको छैन । भरपर्दा खेलाडी इरिक लामेला, डेनी रोज आक्रामक बनेपनि बर्नमाउथविरुद्ध गोल गर्न सकेनन् । बर्नमाउथका २ जना खेलाडीले पहेंलो कार्ड खाँदा टोटनह्यामका चार खेलाडीले पहेंलो कार्ड खानु पर्‍याे। बराबरीले टोटनह्यामको ९ खेलबाट १९ अंक भएको छ भने, बर्नमाउथको १२ अंक भएको छ । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ