arrow

कांग्रेसले नै मुलुकको समस्या समाधान गर्छ : आचार्य

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
congresskapilbastu.jpeg
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुका पार्टी सभापति एवं सांसद सुरेन्द्रराज आचार्यले वर्तमान राजनैतिक समस्याको समाधान नेपाली कांग्रेसले नै गर्ने वताएका छन । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं १ ले वाणगगामा राखेको शुभकामना आदान प्रदान तथा चियापान   कार्यक्रममा उनले यस्तो वताएका हुन ।
 
स्वर्गिय शुसिल कोइरालको नेत्तृत्वमा जारी भएको संविधान कार्यान्यवका लागि कांग्रेसले सबै दल संग परामर्स गरी कार्यान्वनमा ल्याउन पहल समेत  भएको  आचार्यले वताए । मधेसवादी दलहरुले राखेको सविधान संसोधनको मागमा सवै दल मिलेर आवश्यक मागहरुलाई सम्वोदन गर्नको लागी कांगे्रस भित्र चर्चा सुरु भएको समेत उनले वताए ।
 
 स्थानीय तह पुर्न सरचना आयोगले पहिले तयार पारेको सख्यालाई नेपाली कांग्रेसले संख्या कम भएको भन्दै सच्चाउन माग गरेकोमा हिजो स्थानीय निकायको संख्या थप भई ७ सय ४४ पुगेको हुंदा अव सवै स्थानीय निकायको निर्वाचनमा लाग्नु पर्ने समेत उनले वताए । त्यस्तै कार्यक्रममा क्षेत्र नं २ का सांसद अतहर कमालले मधेसवादी दलले संविधान मान्दै मान्दौनौ र पुर्न लेखन गर्नु पर्छ भन्ने अडान राखेकोमा हाल आएर संसोधन गरेर जानुपर्छ भन्ने कुरामा आएको हुदा अव समय सापक्ष संसोधनका विषयलाई छलफल गरी मुलुकलाई निकाय दिनु पर्ने वताए ।
 
 दलहरुमा स्वार्थको राजनित हावी भएको हुदा देशमा राजनैतिक समस्या सिर्जना भएको उनले वताए । देशका कुरा देशमा समाधान गर्न सवै एक आपसमा छलफल गर्नु पर्नेमा स्वार्थका कारण देशी विदेशी चलखेल भनेर भन्ने र कुनै पनि काम गर्न नसक्नुले देशमा समस्या आएको वताए । साथै कमालले यो पार्टी त्यो पार्टी नभनी मुलुकको हितको लागी एक आपसमा मिली जनताको काम गर्न सबै लागनु पर्ने वताए । 
 
चियापान कार्यक्रम नेपाली कांग्रेश क्षेत्र नम्बर १ कपिलवस्तुका सभापति केशब कुमार श्रेष्ठको अध्यक्षता, सांसद सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता, सांसद अत्तहर कमालको विशिष्ट आतिथ्यता, क्षेत्रीय उपसभापति शालिकराम थारुको स्वागत मन्तव्य, सावित्रा पोख्रेलको स्वागत गित, मोहन ज्ञवालीको कविता बाचनमा कार्यक्रम सम्पन्न भएको थियो ।
 
 कार्यक्रममा, महाधिवेशन प्रतिनिधी छविलाल नेपाली, नेपाल तरुण दल कपिलवस्तुका सभापति थम बहादुर सिंह ठकूरी, नेपाली कांग्रेसका जिल्ला सदस्य ढोडे प्रसाद यादव, महासमिति सदस्य प्रेम बहादुर रायमाझी, दुर्गा सेन , महाधिवेशन प्रतिनिधी हुमकान्त खनाल, नेपाली कांग्रेस वाणगंगा नगर कार्यसमिति सभापति मंगल प्रसाद थारु, नेपाल महिला संघका जिल्ला सभापति मीना केसि,  नेपाल महिला संघका केन्द्रिय सदस्य इन्दीरा भटराई, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य विशाल गुप्ता, नेपाल भूत पूर्व सैनिक संघका केन्द्रिय सदस्य मेहर सिंह कुवंर, उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष यज्ञ भटराइ, सिद्धार्थ स्मारक उच्च मावि भेलाईका प्राचार्य डिलाराम पौडेल,  लगायतले कार्यक्रममा शुभकामना दिएका थिए । 
 
कार्यक्रममा एमालेका २ सय र नेकपा माओवादी र अन्य दलका   पार्टी परित्याग गरि २ सय ८७ जना नेपाली कांग्रेशमा प्रवेश गरेका नेपाली कांग्रेस क्षेत्र नम्बर १ कपिलवस्तुले जनाएको छ । कार्यक्रममा १  हजार  जना भन्दा बडि को सहभागीता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ