arrow

बाढि प्रभावित विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण

logo
मणि प्रसाद गैेह्रे,
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
schoolkapilbastu.jpeg
कपिलवस्तु । विगत साउन १० र ११ मा आएको भिषण वाढि वाट प्रभावित भएका जिल्लाका विभिन्न नगरपालिका र गाविसका विद्यार्थीहरुलाई पोशाक तथा स्टेशनरी वितरण कार्य सुरु गरिएको छ । गरिवी निवारण केन्द्र (पिस नेपाल) कपिलवस्तुको आयोजना , कारितास नेपाल -कारितास जर्मनीको सहयोग र जिल्ला विपद् व्यवस्थापन समितिको समन्यवमा उक्त साम्रगीहरु वितरण गरिएको हो । 
 
विद्यालयको एक सेट पोशाक, कपि कलम, ज्यामेती वक्स लगायतका सामग्री वितरण गरिएको छ । वाणगगां नगरपालिकाको भलवाडमा रहेको शुद्धोधन उच्च माविमा १ सय ३८   जना विद्यार्थीलाई  भर्तापुर निमाविका ९   जना र राम निमावी १२   जना गरी  १ सय १ सय ५९ विद्यार्थीलाई वितरण कार्य सम्पन्न भएको छ । त्यस्तै भुकृटी नगरपालिकाको सरस्वती निमाविका जना  ८९  प्रावि कोटियाडाडाका  ५० जना र जानकी प्राविका ३५ गरी   जना विद्यार्थीलाई उक्त साम्रगीहरु वितरण गरिएको छ ।
 
  भलवाडमा वितरण कार्यक्रममा  वाणगंगा नगरपालिकाका वडा सचिव सन्तोष कुमार वैठा, शुद्धोधन जनजिवन उच्च माविका सहायक प्रधानध्यापक टेकलाल अधिकारी, भर्तापुर निमाविका प्रधानध्यापक कमल पौडेल, राम निमाविका प्रधानध्यापक दुर्गा पौडेल, गरिबी निवारण केन्द्रका कोषाध्यक्ष मणि प्रसाद गैहे्र, सामाजिक परिचालक बाबुराम रायमाझी लगायतको उपस्थिती रहेको थियो ।
 
 
 त्यस्तै वलरमवापुर गाविसको गौतम वुद्ध प्राविका  ८९  विद्यार्थी , लक्ष्मणदास निमाविका  ३५ गरी १ सय २४ जना  विद्यार्थीलाई समेत सामग्री वितरण गरिएको छ । भुकुटी नगरपालिकाका विद्यार्थीलाई वितरण समारोहमा सरस्वती प्राविका अध्यक्ष कपिलवदेव तिवारी प्रअ रमा खानाल, जानकी प्राविकी प्रअ सुमित्रा उपाध्ययाय र प्रावि कोटियाडाडाका प्रअ गोकर्ण राज पोखे्रल लगायतको उपस्थिती रहेको थियो । वलरमवापुर गाविसमा गौतम वुद्ध प्राविकी प्रधानध्यापक सरस्वती खनाल , सुरक्षा निकाय तथा स्थानीय समाजसेवीको उपस्थिती रहेको थियो । हर्दौना र कजरहवा गाविसमा समेत अव साम्रगी वितरण गर्ने पिस नेपाल कपिलवस्तुका अध्यक्ष सदानन्द प्रसाद चौधरीले वताएका छन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ