arrow

काँग्रेसी मजदूरहरूको चेतावनी : न्याय नपाए जेनेभा जान्छौं

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
NTUC.jpeg
काठमाडौं । नेपाली काँग्रेस निकट श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन काँग्रेसले मजदूरहरूले हड्ताल गर्न नपाउने व्यवस्था सहित ल्याएको औद्योगिक व्यवसाय ऐनको विरोध गरेको छ । 
 
संगठनले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो व्यवस्था संशोधन गरे अन्तराष्ट्रिय श्रम संगठनमा उजुरी दिने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष खिलानाथ दाहालले यस्तो चेतावनी दिएका हुन् । 
 
अध्यक्ष खिलानाथ दाहालले संसद्बाट हालै पारित भई राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागिगएको औद्योगिक ऐनले समग्र श्रम आन्दोलनकै उपेक्षा गरेको आरोप पनि लगाएका छन् । 
 
‘अब पनि राणाशासन एवं पञ्चायतकालमा झैँ मजदूरहरुलाई दासका रुपमा व्यवहार गर्ने कानुन कुनै पनि हालतमा लागु हुन सक्दैन’ उनले भने ‘कामलाई उत्पादकत्वसँग जोडेर हेरिएको छ, नो वर्क नो पे को अवधारणा अघि सारिएको छ ।’ 
 
मजदूरहरुको सांगठनिक अधिकार र सामूहिक सौदाबाजीको अधिकार खोसिएको भन्दै  यस्ता एकपक्षीय कानुन प्रमाणीकरण भई लागु हुनै नहुने धारणा पनि व्यक्त गरे । 
 
ऐनका कतिपय दफाहरु अन्तर्रा्ष्ट्रिय श्रम संगठन तथा श्रमसम्बन्धी अन्तर्राट्रिय महासन्धि एवं अभिसन्धिहरुका भावना विपरीत रहेको भन्दै अध्यक्ष दाहालले सो ऐन प्रमाणीकरण भई कार्यान्वयनमा लगिएमा देशभरका मजदूरहरु सडकमा उत्रने चेतावनीसमेत दिएका छन् । 
 
दाहालले कामलाई उत्पादकत्व सँगजोडेर हेर्ने कार्य कुनै पनि क्षेत्रका लागि अमिल्दो भएको जिकिर गरे । 
 
यसरी अन्तराष्ट्रिय सन्धिविपरित व्यवस्थापिका संसद्ले पारित गरेको उक्त ऐनले त्यस्ता सन्धिहरूकै खिल्ली उडाएको आरोप लगाए । अन्तर्राष्ट्रिय श्रम संगठनको मुख्य कार्यालय जेनेभामा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ