arrow

राखेपलाई पत्र : ‘क्रिकेटका नाममा भएको मानव तस्करीबारे सत्य–तथ्य खुलाऊ’

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
bist-g-new.jpeg
काठमाडौं । नेपाली क्रिकेट सर्मथक समाजले क्रिकेटलाई हतियार बनाई भएको मानव ओसारपसार घटनाको सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ ।
 
क्रिकेट समर्थक समाजले छानविन प्रतिवेदन सार्वजनिक गर्न भन्दै शनिबार राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशव कुमार विष्टलमाई ज्ञापन पत्र बुझाएको हो । 
 
ज्ञापन पत्र बुझ्दै राखेप सदस्य सचिव विष्टले मानव तस्करी गर्ने उदेश्यले नै खेलाडीको नाममा गैरखेलाडी विदेश लैजाने जस्तो बद्मासी भएको र दोषीलाई कारबाही गरी छाड्ने बताए ।  
 
गएको भाद्रमा मैत्रीपूर्ण क्रिकेट खेल्न जापान पुगेको नेपाली क्रिकेट टोलीसँग गएका मध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायव भएपछि यो रहस्य खुलेको थियो । 
 
नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट भएर  जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैर खेलाडी त्यसपछि एकाएक गायब भएका थिए । 
 
जापान पुगेर फर्किएका खेलाडीले नारिता विमानस्थलबाट उनीहरु बस्ने तय भएको होटेलसम्म पुग्दा नौ गैरखेलाडी मध्ये २ जना मात्रै साथमा रहेको बताइका थिए ।
 
विमानस्थल र बाटोबाटै गायब भएका कुनै पनि गैरखेलाडी खेल मैदानमा देखिएनन् भने, क्रिकेट टोलीसँग दोस्रोपटक भेट समेत भएन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ