arrow

यु–१४ क्रिकेट टिम सम्मानित

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
U-14-team-samman.jpeg
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप अन्तर्गतको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले भारतको कोलकाता र मेदिनीपुरमा भएको मैत्रीपूर्ण क्रिकेटमा सहभागि १४ वर्ष मुनिको क्रिकेट टोलीलाई सम्मान गरेको छ । 
 
गत साता भएको मैत्रीपूर्ण क्रिकेटमा प्रियान्शु श्रेष्ठ, भार्गव चटौत, रिशोनमान मलेखु, क्षितिज न्यौपाने, हृदय गिरी, अविस्कार जोशी, रोहित राणा, विपिन शाही, कौशल श्रेष्ठ, निश्चल अमात्य, नितिश कर्ण, स्वरुप श्रेष्ठ, आर्यन स्वामी थापा, रोनक पराजुली, पेम्बा लामा, कलिल गिरी, प्रशान अधिकारी र पृथ्वी घिमिरेले भाग लिएका थिए ।  
 
सोही अवसरमा सानले संचालन गरेको क्रिकेट कोचिङ कोर्स एडभान्स लेभल– टु उत्तीर्ण भएका प्रशिक्षार्थी समेत सम्मानित भए । सो कोर्समा विशाल राणा पहिलो, सिद्धान्त श्रेष्ठ र इशान चौधरी दोश्रो तथा तब्रेज खान तेश्रो भएका थिए ।  
 
सानले सञ्चालन गर्दै आइरहेको विभिन्न कार्यक्रममा सहयोग गर्ने प्रशिक्षार्थीका अभिभावकहरु समेत सम्मानित भए । विश्वजित राणाले विशेष सम्मान पाए । सम्मानित हुने अन्य अभिभावकहरुमा भुवन भट्ट, अनिता पाण्डे, महेशमान मलेखु, अरुणध्वज जोशी, भावनी विष्ट, भरत शाही, विनोद हाडा, युवराज गिरी, कमलराज थापा, शिवाली जोशी, सुमन श्रेष्ठ तथा रमेशप्रसाद जोशी छन् । 
 
उनीहरुलाई युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइली, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले प्रशंसा पत्र र मायाको चिनो प्रदान गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ