arrow

मकवानपुर चेम्बरको निमन्त्रणामा कोरियाली कृषि विज्ञ नेपालमा

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
makwanpur_seal.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ मकवानपुरको आमन्त्रणमा दक्षिण कोरियाली कृषि विज्ञ एवं पूर्व राष्ट्रपतिका कृषि सल्लाहकार नेपाल आईपुगेका छन् । संघको निमन्त्रणामा शुक्रबार नेपाल आएका कृषि विज्ञ ली बोङ सु अहिले पोखरा भ्रमणमा रहेको उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष राजकुमार न्याैपानेले जानकारी दिए ।
 
लीले आगामी २५ र २६ तारिकमा मकवानपुर उद्योग वाणिज्य संघको भ्रमण गर्ने तयारी गरेका छन् । नेपाल भ्रमण गर्न लीले उत्सुकता देखाईरहेको र आफूहरूको भ्रमणको क्रममा उनलाई नेपाल भ्रमण र विशेषगरी मकवानपुर उद्योग वाणिज्य संघको भ्रमण गर्न आग्रह गरिएको संघले जनाएको छ ।
 
ली ले यहाँको उद्योग सञ्चालनको व्यवस्थाको अवलोकन गरी आफ्नो अनुभव साँट्ने र यसबाट धेरै प्रेरणा मिल्न सक्ने मकवानपुर चेम्बरले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ