arrow

रहिनन् जुन्को ताबेई

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
tabei-2006may01.jpeg
काठमाडौँ। पहिलो महिला सगरमाथा आरोही जुन्को ताबेईको ७७ वर्षको उमेरमा निधन भएको छ । जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा ताबेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ । जापानी टेलिभिजन एनएचकेले पनि ताबेईको निधन भएको खबर लेखेको छ । तावेईलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो । 
 
जापानको फुकुसिमामा जन्मनुभएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकी पहिलो महिला आरोही हुन् । 
 
तावेईको तीन दिनअघि निधन भएको खबर जापानी माउन्टेनरिङ एसोसिएसन र अल्पाइन क्लबले जानकारी गराएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष आङ्छिरिङ शेर्पाले जानकारी दिए । 
 
जुनको तावेई गत अप्रिल ३० मा काठमाडौँमा भएको मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवमा सहभागी हुन जापानी आरोहीको नेतृत्व गर्दै नेपाल आएकि थिइन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ