arrow

महसुल बढाएपछि उपभोक्ताले लगाए आँधीखोला जलविद्युत् आयोजनामा ताला

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
bpcsyanja.jpg.jpeg
रामपुर (पाल्पा) । बुटवल पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित आँधीखोला जलविद्युत् आयोजनाले विद्युत् महसुल वृद्धि गरेको विरोधमा उपभोक्ताले कार्यालयमा ताला लगाएका छन् । 
 
विद्युत् महसुल सङ्घर्ष समिति, नागरिक समाज, पत्रकार, उपभोक्ता र सरोकारवाला निकायले संयुक्त रुपमा गल्याङ, वालिङ र रामपुरका शाखा कार्यालयमा अनिश्चितकालसम्मका लागि शुक्रवार तालाबन्दी गरेका छन् । 
 
पटक-पटक महसुल वृद्धिको विरोध गर्दैआएका यस क्षेत्रका उपभोक्ताले विज्ञप्ति निकाली महसुल वृद्धि कम नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको सङ्घर्ष समिति रामपुरका अध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताए । 
 
कम्पनीले विद्युत् महसुल वृद्धि गरेदेखि यस क्षेत्रका उपभोक्ताले तीन महिनादेखि विद्युत् महसुल रकम बुझाएका छैनन् । चरणबद्ध आन्दोलन गर्दै आएका उपभोक्ताले विद्युत् महसुल वृद्धि कम गर्न पटक-पटक आग्रह गर्दै आए पनि कम्पनीले कुनै चासो नदिएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ