arrow

महाभियोगमा कांग्रेसले समर्थन गर्छ, ‘संसदको व्याक गियर छैन’ : ओली

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
Oli-news-lokman--aaa.jpeg
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबाट पछि नहट्ने बताएका छन् । 
 
कार्कीविरुद्धको महाअभियोग अविलम्ब अत्याधिक बहुमतले पारित गराउन ध्यानाकर्षण गराउने भन्दै ओली निवास बालकोट पुगेको संयुक्त विद्यार्थी संघसंगठनको प्रतिनिधिमण्डलसँग कुरा थर्दै ओलीले अब पछि नफर्किने बताएका हुन् । 
 
विद्यार्थीहरुमाझ ओलीले भने, ‘कार्कीले संविधान, विधि र पद्धति मिचेकाले उन्मुक्ति दिन सकिँदैन । अर्को कुरा नेपालको संसदमा ‘व्याक गियर’ छैन । संसद अब पछि हट्ने कुरा हुँदैन । सार्वभौम संसदको गरिमा त बचाउनु पर्छ नि हैन ? ।’
 
यस्तै, अध्यक्ष ओलीले कांग्रेस समेत महाअभियोगको पक्षमा उभिने ठोकुवा गरे । ‘कांग्रेसको हस्ताक्षर छैन भनेर हुँदैन । उसले समर्थन गर्छ, गर्नैपर्छ । हस्ताक्षर त मेरो पनि छैन नि । हस्ताक्षर छैन भन्दैमा पछि हट्ने भन्ने कुरा हुन्छ र ? ।’
 
महाभियोग प्रस्ताव ल्याउने र पारित गर्ने सांसद र संसदको स्वतन्त्र अधिकार भएकाले पार्टीले बोल्नु पर्ने र निर्णय लिनैपर्ने विषय नभएको ओलीको भनाई छ । महाभियोग दर्ता भएकै दिन माओवादी सांसद मेहन्द्र शाहीले समेत आफुहरुले पार्टीमा छलफल नभएपनि आफुहरुको स्वतन्त्र अधिकार प्रयोग गरेको बताएका थिए । 
 
ओलीले महाअभियोग प्रस्ता रातारात आएको भन्ने चर्चामा कुनै सत्यता नरहेको बताए । उनले भने, ‘मेरो मन्त्रिपरिषदको पालादेखि नै छलफलभ एको हो । यो अचानक आएको होइन ।’ ओलीले निर्धक्क भनेका छन्, ‘लोकमानको नाम सुन्दै कर्मचारी प्रशासन थरर । अनि राम्रो काम गर्ने कर्मचारीको पदोन्नति हुन नदिने । यस्तो पनि कहीँ हुन्छ ?।’
 
संयुक्त विद्यार्थी संगठनले कार्कीलाई कारबाही नहुँदासम्म दबाब मुलक कार्यक्रम जारी राख्ने भएको छ । विद्यार्थी संगठनले शनिबारै विभिन्न दलका शीर्ष नेतालाई भेटी दुईतिहाई मतका साथ प्रस्ताव पारितका लागि वातावरण बनाउन ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ