arrow

‘घाम हँसियाले खोले मुख, अझै चुप हरियो रुख’

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
DKC-sadak-ma-news-maitighar.jpeg
काठमाडौं। भ्रष्टाचार र बेथितिविरुद्ध लामो समयदेखि संघर्षरत डा. गोविन्द केसीका मागको समर्थनमा गठित ‘सोलिडारीटी फर डा.गोविन्द केसी अलाइन्सका अभियन्ताहरुले शनिबार राजधानीमा प्रदर्शन गरेका छन्। उनीहरुले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव दुई तिहाई मतले पारित गर्न दलहरुलाई दबाब दिन भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
 
प्रदर्शनका सहभागिले ‘घाम हँसियाले खोले मुख, अझै चुप हरियो रुख, बनौं’ सबै होशियार विदेशीका मतियार, लुटतन्त्र कहिलेसम्म लोकमान जहिले सम्म, नेपाली अब जाग्ने छन्, भ्रष्टाचारी भाग्ने छन् लगायतका नारा लगाए। प्रदर्शनमा डा.गोविन्द केसी, सामाजिक सञ्जालको माध्यमबाट आउने सर्वसाधरण, नागरिक समाजका अगुवा, कलाकार लगायतको सहभागिता थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ