arrow

भारतमा पटाका विस्फोटका कारण एक जनाको मृत्यु, केही घाइते

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
india.jpg.jpeg
नयाँ दिल्ली (भारत)। दक्षिण भारतको तामिल नाडू राज्यमा एक निजी ट्युसन केन्द्रमा शुक्रबार पटाका विस्फोटमा एक विद्यार्थीको मृत्यु भएको छ भने तीन जना विद्यार्थी घाइते भएका छन्।
 
कोइम्वातुर सहरमा अवस्थित उक्त शैक्षिक केन्द्रमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई कक्षा लिइरहेका बेला भएको उक्त घटनामा एक जना विद्यार्थीको मृत्यु भएको तीन जना घाइते भएका र करिब २०० जना विस्फोटबाट पहिल्यै भागेर ज्यान जोगाउन सफल भएका यहाँका उच्च प्रहरीले जानकारी दिए।
 
उनले घटनाको विवरण सार्वजनिक गर्न आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम गोप्य राख्न घटनास्थल पुगेका सञ्चारकर्मीसँग अनुरोध गरे।
 
यसैबीच घटनाको छानबिन गर्न एक छानबिन समिति गठन गरी घटनाबारे तथ्य बाहिर ल्याउन राज्य सरकारले प्रशासनलाई निर्देशन दिएको छ। रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ