arrow

नेपाल उद्योग वाणिज्य महासंघ : कसले जित्यो, कसले हार्‍यो ?

logo
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
FNcci1-special-conventation.jpeg
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभाकोलागि बुधबार दिनभर ललितपुरको हरिहरभवन स्थित उच्च अदालतमा भएको घनिभूत छलफल पछि विधान तयार पारेर विशेष साधारण सभाको तयारी समेत गरिरहेको महासंघले एक तहको जीत हाँसिल गरेको छ। 
 
लामो समयदेखि विधान संशोधनको लागि प्रयासरत रहेको महासंघले यो पठक विधान पारित गर्न सफल हुनु भनेको अहिलेको कार्य समिति र विधान समितिको लागि पनि एक किसिमको सफलता नै हाँसिल भएको स्वीकार्नेहरूको कमी नहोला। 
 
अन्ततः अदालतले फुक्का गरिदिएसँगै उद्योग वाणिज्य महासंघ आफ्नो कुम्भमेला तिर लाग्यो जहाँ एकदशकदेखिको सबैको चाहाना रहेको विधान संशोधन भएर संघीय संरचनामा जाने मात्रै होईन कि उसले आफ्नो सांगठनिक स्वरूपलाई नै परिवर्तन गर्न पनि सफल भएको छ। 
 
विधान समिति र अहिलेको कार्यसमिति आफैंमा एक किसिमले सफल बनेको छ। कारण हो कि लामो समयदेखि विधान संशोधनको लागि धेरैले राखेको चाहाना जसरी होस् यो कार्य समिति र विधान समितिले पूरा गरिदिएको छ। तर यही सफलतासँगै महासंघका पदाधिकारीहरूको सानो गल्तीले गर्दा महासंघमा भने पूर्वजहरूको भने मन प्रफुल्लीत हुन नसकेको विश्लेषण गर्न थालिएको छ। 
 
विधान संशोधनको लागि भनेर बोलाईएको विशेष साधारणसभाको पूर्वसन्ध्यामा महासंघका पूर्व अध्यक्षहरूले भने एक किसिमको असन्तुष्टिलाई बाहिर ल्याईदिएका छन् । उनीहरूले आफूहरुलाई विशेष साधारणसभामा निमन्त्रणा नदिईएको आरोप लगाउँदै साधारणसभा बहिस्कार गरेको घोषणा गरे । 
 
यो सामान्यतयाः हेर्दा ६ जना व्यत्तिः नआएको देखिएको भएपनि कूल नौ जना पूर्व अध्यक्षहरूमध्ये ६ जनाले बहिस्कार गरेपछि कार्यसमितिका सदस्यहरू पनि दबाबमा रहेको महासंघ निकट स्रोतले जानकारी दिएको छ। यद्यपि मानार्थ रूपमा जे भएपनि बैधानिक रूपमा पूर्वअध्यक्षहरूको हैसियत भने केहीपनि रहनेगरेको छैन। 
 
एफएनसीसीआईको अदालत यात्रा 
एफएनसीसीआईको पछिल्लो समयको अदालत यात्रा त्यसमा आवद्ध विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले पनि राम्रोसँग नजिकबाट नै नियालेका थिए। अदालत सत्य पहिचान र न्यायको मन्दिर। त्यही न्याय मन्दिरको एउटा शाखामा न्यायको छिनो फानो गर्न आएका थिए एकहुल व्यक्ति थिए एफएनसीसीआईका विभिन्न जिल्ला बस्तुगत तथा एशोसिएट्सहरु सदस्यका प्रतिनिधिहरू। 
 
सबै त्यस्तो असामान्य थिएनन्। कसैले आफूलाई अन्याय भएको महसुश ग¥यो भने अदालत गईन्छ त्यो सामान्य कुरा हुनुपर्ने हो । तर, विशेषसाधारणसभाको लागि विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूमा एउटा चिन्ता थियो अदालतले विशेष साधारणसभा रोकेको खण्डमा फर्किएर घर जानु पर्ने अवस्था र अर्काे चिन्ता थियो उद्योग वाणिज्य महासंघ जस्तो व्यवसायीहरूको संस्थाले यसरी अदालत धाईरहनु परेको र दुई ध्रुबमा विभाजित भएको देखेर पनि उनीहरूमा छुट्टै चिन्ता  जाहेर भएको थियो। 
 
अदालतको परिसरमा बसेर एकजना जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधि भन्दै थिए ‘ महासंघलाई किन यस्तो दलदलमा फसाईयो ?’ तर यो प्रश्नको जवाफ न्यायालयको प्राङ्गणमा बसेर माग्दा पनि उनले पाउन सकेनन् र पाउँदैनन् पनि । किनकी महासंघ दलदलमा फस्नुमा कुनैपनि बाहिरी तत्व नभएर महासंघ भित्रैको राजनीति मुख्य कारण बनेको छ।
 
इजलास नं १ को दृश्य 
ललितपुरको हरिहर भवन। पहिलेको पुनरावेदन अदालत र अहिलेको उच्च अदालतको १ नं इजलास। मिति कात्तिक ३ गते। इजलासमा बहस गर्ने रोस्टम भन्दा पडाडि एकदमै भीड जसको सबैभन्दा अगाडि सम्मुखमा थिए न्यायधीसद्वय। न्याय कसको पोल्टामा जान्छ त्यो कसैलाई पत्तो थिएन। इजलास नं १ को सानो कोठामा उपस्थित न्यायको खोजीमा आएका दुई पक्षका समर्थकहरू र केही रमितेहरू पनि गम्भीर भन्दा पनि कानेखुसीमा नै ठट्टा गरिरहेका थिए। 
 
एकै क्षणमा इजलासमा बहस सुरू भयो । दुबै पक्ष आ–आफ्ना पक्षमा सबुतप्रमाण पेश गरेर न्यायमूर्तिलाई आफ्नो पक्षमा फैसलागर्नु पर्ने तर्क गर्दै आएका थिए भने न्यायमूर्ति त्यसैमा एकमाथि अर्काे प्रश्नको बाँण तेस्र्याईरहेका थिए। मंगलबार एकदिनको अन्तरकालीन अन्तरिम आदेश दिएको उच्च अदालतले दुबै पक्षको छलफलको लागि अदालतमा हाजिर हुन बुधबारको लागि भनेको थियो। त्यसैको आधारमा बुधबार करिब ११ बजेतिर बादी भन्दा पनि प्रतिवादी (महासंघ पक्ष)का व्यक्तिहरूले अदालतको इजलास भरीभराउ थिए। त्यसमा अझ धेरै त कालो कोट लगाएका अधिवक्ताहरु नै देखिन्थे।
 
बादी पक्षका मान्छेहरू खासै नभएकोले बादीहरूको मनो भावना बुझ्न सकिएन। तर, प्रतिबादी पक्षका व्यक्तिहरूमा भने कौतुहलताको केही क्षिद्र देखिएपनि त्यस्तो चिन्ता कुनैपनि कार्य समितिका व्यक्तिहरूमा थिएन। सबै काम सकियो। फैसला पनि महासंघको काम नअड्किने गरि नै आयो । तर, पनि महासंघका शुभेक्षुकहरूले जीतको खुशी मनाएको देखिएन कारण थियो महासंघले यो मुद्दा त जित्यो तर साना तिना विषयमा पनि अदालत प्रवेश गर्ने प्रवृत्तिले महासंघको मूल मुद्दा हारिरहेको थियो। 
 
त्यसैले महासंघको विशेष साधारण सभाबाट झट्टहेर्दा संस्थापन पक्षले जितेको छ भने प्रतिपक्षीले हारेका छन् । तर, भित्री रूपमा हेर्दा संस्थापन पक्षले यतिबेलामात्रै जीतको खुशीयाली मनाउन सक्नेछ जुन दिन अहिलेका प्रतिपक्षीहरूले कुनैपनि खोट लगाउन नसक्नेगरी अहिलेको नयाँ विधान अनुसार आएका कार्यसमितिहरूको कार्यकाल समाप्त हुनेछ। त्यसैले अहिलेको अवस्थामा जीत र हारको स्थिती देखिने स्पष्ट आधार छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ