arrow

बिबिएस तेस्रो वर्षको परीक्षाफल प्रकाशित

logo
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
TU-fnl.jpg.jpeg
काठमाडौँ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तीनबर्से बिबिएस तृतीय वर्षको आंशिकतर्फको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । 
 
परीक्षाका मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क २५०११८, २५०९६१, ३९०२५६ र ३९०७१४ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन पाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ ।
 
परीक्षाफल शिक्षा सम्बन्धि बेबसाइट तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ