arrow

फिलिपिन्सलाई अमेरिकामै फिर्ता ल्याउन जापानको यस्तो रणनीति

logo
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
japan_Philipines.jpeg
एजेन्सी। चीन भ्रमणमा रहेका फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटर्टीले आफु अमेरिकाबाट अलग्गिएको घोषणा गरेपछि सो कुराले विश्वभरी नै सनसनी मच्चिएको छ । डुटर्टीको उक्त कडा घोषणाले अमेरिकालाई त टाउको दुख्ने नै भयो साथसाथै जापानलाई पनि सन्चो भएको छैन । 
 
त्यसैले जसरी हुन्छ जापान फिलिपिन्सलाई अमेरिकामै फर्काउन चाहान्छ । अर्को हप्ता जापानका प्रधानमन्त्री सिन्जो अबीको हाल चीन भ्रमणमा रहेका डुटर्टीसँग गोप्य व्याक्तिगत भेटवार्ता गर्ने योजना रहेको एक स्रोतलाई उद्रित गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । 
 
भेटमा जापानले फिलिपिन्सलाई अमेरिकाकै पक्षमा फर्कन आग्रह गर्ने देखिएको छ । चीन भ्रमणको क्रममा डुटर्टीले आफु फिलिपिन्सबाट अलग्गिएको घोषणा गरेपछि प्रधानमन्त्री अबीलाई समेत डुटर्टीलाई चीनसँग नजिक हुन नदिई टोकियो र वासिङटनको श्रेणीवद्ध सुरक्षालाई प्रोत्साहन गर्न निकै संवेदनशील कदम चाल्नुपर्ने देखिएको छ ।  
 
जापानले फिलिपिन्सलाई आफ्नो क्षेत्रिय अडानसँगै ‘साउथ चाइना सी’ लाई लिएर आफ्नो विचार व्याख्या गर्न चाहेको एक स्रोतले जनाए । आफु मिडियासँग कुरा गर्न आधिकारिक नभएको बताएका ती स्रोतले प्रधानमन्त्री अबीले डुटर्टीसँग सम्बन्ध गास्न चाहेको बताए । 
 
डुटर्टी चीनसँग नजिक हुँदै जाँदा जापान र अमेरिका भने चिन्तित बनेका छन् । स्रोतका अनुसार आगामी बुधबार प्रधानमन्त्री अबीले टोकियोस्थित आफ्नो निवासमा डुटर्टीसँग ‘वान टु वान’ मिटिङ गर्नेछन् भने अन्य विशिष्ट अधिकारीहरुसँग पनि भेटवार्ता गर्नेछन् । जापानी विदेश मन्त्री फुमियो किसिडाले डुटर्टीको नाममा मंगलबार रात्रिभोज आयोजना गर्नैछन् । 
 
स्रोतले जापानले पहिलेपनि फिलिपिन्सलाई ‘साउथ चाइना सी’ को गतिविधिमा निरक्षण राख्न ‘एयरक्राफ्ट’ र ‘भेसल’ दिएको बताउँदै बुधाबार नै प्रधानमन्त्री अबीले फिलिपिन्सलाई दुईवटा ‘प्याट्रोल बोट’ प्रदान गर्ने सम्झौंतामा हस्ताक्षर गर्ने बताए । 
 
राष्ट्रपति डुटर्टी आफ्नो चारदिने चीन भ्रमणका लागि मंगलबार २ सय विशिष्ट व्यवसायीसहित बेजिङ प्रस्थान गरेका हुन् । डुटर्टीले चीनिया राष्ट्रपति सी जिन पिङसँग भेटवार्ता गरेका थिए । सीसँगको भेटमा दुबै मुलुक आपसी विवादलाई सयुक्त रुपमा सुल्झाउन सहमत भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ