arrow

"जात्रा" मा हरिवंशले गाए

logo
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
haribansa.jpeg

काठमाडौ । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले ‘जात्रा’ फिल्ममा रहेको ‘पैसा’ सम्बन्धी गीतमा आफैले स्वर दिएका छन् । सो गीतको शब्द पनि हरिवंश आफैले रचेका हुन् ।

 

‘जात्रा’ फिल्म यहीँ कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा विपिन कार्की 'भस्मे', वर्षा राउत, रबिन्द्र सिंह बानीया 'हनुमान', रविन्द्र झा, प्रेक्षा बज्राचार्य लगायत कलाकारको मुख्य अभिनय रहेको छ । ‘जात्रा’ फिल्मको कथाले आफुलाई निकै प्रभावित गरेको भन्दै उनले फिल्मलाई दर्शकको माया मिल्नेमा ढुक्क रहेको बताए ।

 

फिल्मलाई निर्देशन भने प्रदिप भट्टराईले गरेका हुन् । निर्देशक भट्टराईलाई मह सञ्चारले आफुले निर्माण गर्न लागेको नयाँ फिल्को निर्देशनको जिम्मा दिने योजना बताए । भट्टराईसँग मह सञ्चारले १२ वर्ष काम गरिसकेकाले उनको दक्षता र मेहनतप्रति पूर्ण विश्वास रहेको बताउँदै हरिवंशले नयाँ फिल्मको जिम्मा पनि उनलाई सुम्पिन लागेको जनाए ।

 

मह सञ्चारद्वारा निर्मित फिल्म, टेलिफिल्म तथा विज्ञापनलाई उत्कृष्ट बनाउन मह जोडीको मात्र नभई भट्टराईको ठूलो भूमिका रहेको खुलस्त पार्दै उनले नयाँ फिल्मको निर्देशक भट्टराईलाई नै बनाउने मनस्थितिमा पुगेको प्रस्ट पारे ।

 

‘जात्रा’ प्रदर्शनपछि मह सञ्चारले निर्माण गर्ने फिल्मको तयारीमा जुट्ने हरिवंशले जानकारी दिए । स्कृप्ट लगभग तयार भइसकेकाले तिहारपछि आवश्यक अन्य तयारी थाल्ने उनको भनाई छ ।

 

फिल्ममा महजोडीका साथमा अहिलेका प्रख्यात कलाकारहरुसमेत रहनेछन् । हरिवंशले भने’ ‘फिल्ममा अहिलेका हट र हिट नायक, नायिका पनि रहनेछन् ।‘

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ