arrow

सभामुख घर्तीको जेनेभा भ्रमण रद्द

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
onsari.jpeg
काठमाडौं । सभामुख ओनसरी घर्तीले स्वीट्जरल्याण्डको जेनेभा भ्रमण रद्द गरेकी छन् । व्यवस्थापिका–संसद्मा वुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुख घर्तीले जनेभा भ्रमण रद्द गरेकी हुन् । 
 
सभामुखले सात दिन भित्र उक्त प्रस्तावमा कारबाही अघि बढाउनु पर्ने भएकै कारण भ्रमण रद्द गर्नु परेको हो । सभामुखले विहिबारको बैठक आन्तरिक तयारीका लागि भन्दै आइतबारका लागि सारेकी छन् । अख्तियार प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउने विषयमा दलहरुका बीचमा छलफल आवश्यक भएकाले संसद वैठक सारिएको सभामुख घर्तीले जानकारी दिइन् । 
 
स्वीट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर व्यवस्थापिका–संसद्सम्बन्धी सम्मेलनमा सहभागी हुन ५ कात्तिकमा जेनेभा जाने कार्यक्रम तय भएको थियो । कात्तिक ७ देखि ११ सम्म सम्मेलन हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ