arrow

चिकित्सा परिषद् विधेयक समितिमा पठाउन स्वीकृत

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
CA-Bicc-1.JPG.jpeg
काठमाडौं। व्यवस्थापिका– संसद्को आजको बैठकले भूमिगत जलस्रोत विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
 
सिँचाइमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले सदनको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए।
 
यसैगरी बैठकमा परराष्ट्रमन्त्री डा महतले जीवाणुजन्य (जैविक) तथा विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने तथा तिनलाई नष्ट गर्नेसम्बन्धी महासन्धि प्रस्तुत गर्दा समितिमा पठाउनका लागि स्वीकृत भयो। सो महासन्धिलाई विश्वका १७५ देशले अनुमोदन गरिसकेका छन्।
 
बैठकले चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक २०७२ लाई पनि समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गर्‍यो। प्रधानमन्त्रीका तर्फबाट न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले सो विधेयक प्रस्तुत गरेका थिए।
 
विधेयकको सैद्धान्तिक पक्षमाथि डा सुबोध पोखरेल, रामनारायण बिंडारी र प्रेम सुवालले भाग लिएका थिए। व्यवस्थापिका–संसद्को अर्को बैठक यही कात्तिक ३ गते अपराह्न ३ बजे बस्नेछ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ