arrow

टेलिकमको थ्रीजी सेवा पचहत्तरै जिल्लामा

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
Nepal_Telecom.jpeg
काठमाडौँ । नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जिएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको जनाएको छ । टेलिकमले विहिबार प्रेस विज्ञाप्ती जारी गर्दै  डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा टेलिकमले पुर्‍याएपछि ७५ वटै जिल्लामा थ्रीजी  सेवाको पुगेको जनाएको छ ।
 
 कम्पनीले दुनैमा हिजो वुधबार र सिमिकोटमा आज विहिबार सो सेवा सञ्चालन आरम्भ गरेको हो ।  नेपाल टेलिकमले जिएसएम मोवाइलमा थ्रीजी सेवा २०६४ सालदेखि सुरु गरेको हो । सुरुमा  काठमाडौ उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको थ्रीजी सेवा हाल विस्तार भएर सबै जिल्लामा पुगेको विज्ञाप्तीमा जनाइएको छ ।   
 
थ्रीजी सेवा मार्फत उपभोक्ताहरुलाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ